SamwadKhabar logo

समाचार

प्युठान जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

देवराज रिजाल

देवराज रिजाल

प्युठान जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
१५ साउन, काठमाडौँ । प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको अस्पतालमा ज्यान गएको हो। सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्भ गरी १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको बुटवलस्थित एडवनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो। घाइते हुनेहरूमा रुपन्देही मायादेवी – ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थ – ४ का ४० वर्षीया उर्मिला कुहार, १५ वर्षीय चन्दन कुहार, मायादेवी – ३ का ४० वर्षीया आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी, ५० वर्षीय मागरी थारु, ६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ – ६ का ७० वर्षीय धुब्रनारायण काबी, सिद्धार्थ – ६ का ६० वर्षीया उर्मिला बर्मा छन् । यस्तै, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ –६ का ६० वर्षीया पुष्पा माली, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीया बालिका सङ्गीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। घाइतेहरुको अहिले बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि