SamwadKhabar logo

               

खेलकूद

पिएसजी सुपर कप च्याम्पियन

देवराज रिजाल

देवराज रिजाल

पिएसजी सुपर कप च्याम्पियन
१६ साउन, काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को अन्तरमा सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो । आइतबार राति भएको ब्लुमफिल्ड स्टेडियम इजरायलमा खेलमा पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले गोल गरे । खेलको २२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । मेस्सीले उक डिफेन्डर र गोलरक्षकलाई बिट गदै सहजै गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेयमारले फ्रिकिकमा दर्शनीय गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।५७औं मिनेटमा रामोसले गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो । मेस्सीको हाफ भली प्रहारलाई गोलरक्षक लाफन्टले बचाएपनि राम्रोसँग क्लियर हुन नसकेको बललाई रामोसले ब्याकहिलमार्फत गोल गर्न सफल भएका थिए । ८१औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो । नेयमारलाई पेनाल्टी बक्समा फउल गरेपछि जिन चार्लेस कास्टेलेटोलाई रेफ्रीले सिँधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीलाई नेयमारले सदुपयोग गर्दै टोलीलाई च्याम्पियन बनाए । यस संगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…