SamwadKhabar logo

समाचार

ट्रक किन्ने भन्दै आफ्नै साथीको हत्या

देवराज रिजाल

देवराज रिजाल

ट्रक किन्ने भन्दै आफ्नै साथीको हत्या
१६ साउन, काठमाडौँ । ट्रक किन्ने भन्दै एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ६ पांग्रे ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ । गौतमले बुटवलमा पाण्डेसँग १६ लाख रुपैयाँमा ट्रक किन्ने सहमति भएको थियो । त्यसपछि गौतमले साउन ९ गते अर्घाखाँची पोखराथोक घरमा गएर पैसा बुझाउने भन्दै पाण्डेलाई फकाएर ल्याएका थिए । बेलुका सँगै घरमा खाना खुवाएर राति सँगै बसे । अर्को दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउँमा लगेर गौतमले पछाडिबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । दुई र तीन पटक हिर्काएर प्राण त्यागेका पाण्डेलाई भीरबाट धकेलिदिएर गौतम भागेका थिए । पाण्डेको टाउकोमा चोट लागेको अवस्थामा जंगलमा भेटिएको उनले बताए । शवलाई परीक्षणका लागि बुटवल पठाइएको छ । साथीको हत्या गरी फरार रहेका गौतमलाई प्रहरीले नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिसकेको छ । पाण्डे हराएपछि उनकी छोरी शिला पाण्डेले बुटवल प्रहरीमा खोजतलास गरिदिन निवेदन दिएकी थिइन् । अर्घाखाँची पाणिनिबाट पाण्डे हराएको सूचनाका आधारमा प्रहरीले त्यसतर्फ खोजी गर्दा आइतबार जंगलमा शव भेटाएको थियो । पाण्डे बुटवलको बेल्वास बस्दै आएका थिए । पाण्डे र गौतम मिल्ने साथी थिए । गौतमले प्रहरीलाई दिएको बयान अनुसार रुपन्देहीको सैनामैनाको कलौनीमा घर बनाउँदा ऋणमा डुबेका थिए । बुटवलको मैनाबगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र ट्रकबाट आम्दानी गरेर ऋण तिर्ने उद्देश्यले हत्याको योजना बनाएका थिए । मृतक पाण्डेका दाई तेजबहादुर पाण्डेले प्रहरी कार्यालय बुटवलमा किटानीसहित जोहेरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि