SamwadKhabar logo

समाचार

म्याग्दीमा बाढीको सुचना दिन हेरालु परिचालन

देवराज रिजाल

देवराज रिजाल

म्याग्दीमा बाढीको सुचना दिन हेरालु परिचालन
१९ साउन, काठमाडौँ । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिए। नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्रमा हेरालुको व्यवस्था गरेका छौँ’, उनले भने, ‘६ वटा स्थानीय तहमा एकरएक जना हेरालु राखेका छौं। पानी परेको दिन आवश्यकताअनुसार हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउँछन्। सूचनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ। अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धौलागिरि गाउँपालिको मुना र मुदीमा हेरालु राखेका छन्। बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ। कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिए।धौलागिरिको लमसुङ, खोरीया, दर, मराङ, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुंगा, रूम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिंगा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगंगाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ। यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानाबगर, काशेबगर, ताराखेत, सिङ्गा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताए। रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि