SamwadKhabar logo

समाचार

सुपारी तस्करीमा डिआइजी गिरी मुछिए

संवाद खबर

संवाद खबर

सुपारी तस्करीमा डिआइजी गिरी  मुछिए
साउन २४, काठमाडौं । प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन् । बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका छन् । गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएको थियो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो । सो सुपारीमा ठूला व्यापारीको लगानी रहेको स्रोत बताउँछ । बालुवाटारमा डिल नमिलेकाले राजश्व अनुसन्धान विभागले त्यसलाई छाड्न मानेको छैन । व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए । इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको हो । भारतमा सुपारीको उच्च माग रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपाल ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ । जसमा व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मित्तल लगायतको संलग्नता रहेको छ । उनीहरुकै सेटिङमा हालको सरकारले सुपारी आयात खोलेको थियो । तर, सेटिङ अनुसार लेनदेन नमिलेपछि अहिले भारत निकासीमा भने प्रहरी प्रयोग गरी रोकिएको छ । व्यापारीहरुले मनकामना ट्रेडर्स नामक कम्पनीमार्फत यसरी सुपारी आयात गर्दै आएका छन् । स्रोतका अनुसार डिआइजी गिरीलाई यही कामका लागि बढुवा लगत्तै प्रदेश नम्बर १ को प्रमुखमा पठाइएको हो । जसअनुसार झापा र मोरङ जिल्लाबाट अहिले पनि सुपारी भारत गइरहेको छ । त्यसमध्ये प्रहरीसँगको सेटिङमा कतिपय तस्करीबाट जाने गरेको छ । गत आर्थिक वर्षमा दुई अर्बको सुपारी आयात भएकोमा एक अर्बको मात्र निकासी हुनुले पनि बाँकी तस्करीबाटै भारत गएको प्रष्ट हुन्छ । सरकार सुपारी तस्करीबाट चुनाव खर्च उठाउने खेलमा लागेका छन् । जसमा डिआइजी समेत प्रत्यक्ष रुपमा प्रयोग भएका छन् । देशमा विदेशी मुद्राको सञ्चितीमा चाप बढीरहेका बेला सरकार नै यसरी तस्करी धन्दामा लागेको छ । जसबाट मोरङ र झापाका प्रहरी समेत मालामाल भएका छन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि