SamwadKhabar logo

समाचार

दैनिक तातो पानी पिउनुका अनेक फाइदा

संवाद खबर

संवाद खबर

दैनिक तातो पानी पिउनुका अनेक फाइदा
काठमाडौं- तातो होस् वा चिसो जुन तापक्रमको  पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ। १. स्वस्थ पाचन कोही मानिसले पर्याप्त मात्रामा पानी नखाँदा सानो आन्द्राले व्यक्तिले खाएको खाना र पेय पदार्थबाट पानी सोस्ने गर्दछ। यसले गर्दा डिहाइड्रेसन हुन्छ आन्द्राबाट दिसा पास हुन बाधा उत्पन्न हुन्छ। यसका साथै, अत्यधिक डिहाइड्रेसन भएको अवस्थामा कब्जियतसमेत हुन्छ। यस्तै, चिसो पानीको तुलनामा तातो पानीले खानालाई छिट्टै ब्रेक गर्ने काम गर्छ । त्यसैले कब्जियतको जोखिम कम हुन्छ र यसले नियमित र पीडारहित दिसा पास गर्न सहयोग पुर्याउँछ।
२ तौल घट्छ थुप्रै अनुसन्धानले के देखाउँछ भने धेरै तातोपानी खाँदा तौल घट्ने सम्भावना बढी हुन्छ। तातो पानी खाँदा पेट भरिएको जस्तो महसुस हुने भएर पनि यसले तौल घटाउन सहयोग पुर्याएको हुनसक्छ। पानीले शरीरमा पौष्टिक तत्व सोस्न र टक्सिन र अनावश्यक कुराहरु बाहिर निकाल्न सहयोग गर्छ। सन् २००३ मा प्रकाशित एक अनुसन्धानका अनुसार चिसो पानी नभई मनतातो पानी खानेहरुको तौल छिटो घट्छ। यसका साथै खाना खानु अघि ५०० मिलिलिटर तातो पानी पिउँदा मेटाबोलिजम ३० प्रतिशत बढ्ने गर्छ। ३. तनाव कम गर्छ
एक कप वा गिलास तातो पानीले मानिसलाई तनाव कम गर्न वा राम्रो तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ। केही वर्ष अघि गरिएको एक अनुसन्धानका अनुसार चिया वा कफीजस्ता तातो पेय पदार्थको सेवनले तनावको स्तर कम गर्ने र डिप्रेसनबाट पनि राहत प्रदान गर्न मद्दत गर्दछ। उक्त अनुसन्धानले केही प्रभाव त क्याफेनका कारण पनि हुने गर्छ तर तातोले पनि व्यक्तिको मुडमा सुधार ल्याउन सहयोग गर्छ। ४ बडी डिटक्सिफिकेसन तातो पानीले शरीरलाई डिटक्सिफाई गर्छ। पानी तातो हुँदा यसले व्यक्तिको शरीरको तापक्रम बढाउने गर्छ जसका कारण पसिनासमेत आउने गर्छ। पसिनाले टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ। यसले छाला र शरीरको छिद्रहरु सफा गर्न पनि मद्दत गर्छ। आर्थराइटिस फाउन्डेशनका अनुसार शरीरका विषाक्त तत्वलाई बाहिर निकाल्नका लागि पनि तातो पानी आवश्यक छ। यसका साथै यसले सुन्निएको शरीरलाई राहत प्रदान गर्छ र जोर्नीलाई लचिलो बनाउन सहयोग गर्छ। एजेन्सी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि