SamwadKhabar logo

समाचार

दुर्घटनामा हात गुमाएका अरुण २ वर्षदेखि साउदीमा अलपत्र

संवाद खबर

साउन २५, साउदी । ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी–६ का अरुण राईले २ वर्षअघि सडक दुर्घटनामा एक हात गुमाए । त्यसयता उनी साउदीमै अलपत्र परेका छन् । २०१९ जुनमा नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राइभरका लागि गएका थिए । २०२० जनवरीमा दुर्घटना भयो । आफ्नो एक हात गुमाए । दुर्घटनामा भएको १० दिनपछि हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको थियो । हालसम्म स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ । ‘परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी आएको थिएँ । अचानक दुर्घटनामा परें,’ उनले भने, ‘दुर्घटनामा मेरो गल्ती देखाएको छ । त्यो केश तनफिज कोर्टमा रहेको र हालसम्म पनि कुनै सुनाई भएको छैन । स्वदेश फिर्ताको लागि कठिन भएको छ ।’ काठमाडौं गंगबुमा रहेको नारायणी मेनपावरमा १ लाख २५ हजार तिरेर साउदी पुगेका हुन् । नेपाली दूतावास रियादमा सडक दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी गराएको उनी बताउँछन् । दूतावासले सम्बन्धित कम्पनी र पीडितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो । त्यसपछि प्रगति नभएको गुनासो उनको छ । राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीको सिडीसी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट ६ हजार साउदी रियल संकलन गरेर सहयोग गरेका थिए । उनका बुवा, आमा, श्रीमती र एक छोरी छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि