SamwadKhabar logo

समाचार

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

देवराज रिजाल

देवराज रिजाल

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?
२७ साउन, काठमाडौँ । नेपालमा अहिले धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी भएको पाइन्छ । सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै छैन । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन । अहिले धेरै जना अफिसभित्रको काम गर्छन् । बाहिर घामको सम्पर्कमा आएका हुँदैनन् त्यस्ता व्यक्तिहरूमा पनि यसको कमी हुने गर्छ । त्यसैले अहिले भिटामिन डि को कमी भएका व्यक्तिहरु भेटिन्छ । हाम्रो छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ । महिनावारी बन्द भएका महिला र पोस्ट कोभिडका बिरामीमा पनि भिटामिन ‘डी’को कमी हुन्छ । साथै थाइराइडका बिरामीहरूमा पनि भिटामिन ‘डी’को कमी हुन्छ । नेपालमा अहिले भिटामिन डि को मात्रा जाँच गराउने व्यक्तिहरुको संख्या कम भए पनि उनीहरुमा यसको कमी देखिएको हुन्छ । विहान घाममा भिटामिन डि प्रशस्त हुने भएकोले विहान सनबाथ लिने गरियो भने भिटामिन डि को कमी हुनबाट बच्न सकिन्छ । भिटामिन डि को कमीले निम्त्याउने समस्याहरु भिटामिन डि को कमीले मुख्य त हाडजोर्नी हड्डीसम्बन्धी समस्या निम्त्याउँछ । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ । हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन् । कम्मर दुख्ने, भिटामिन डि को कमीले सानै उमेरमा रिकेट्स रोग लाग्न सक्छ र ठुलो भएर ओस्टियोमालासिया भन्ने समस्या आउछ। भिटामिन डिको मुख्य भूमिका भनेको हाम्रो शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाउने र हाम्रो हड्डीलाई मजबूत बनाउने हो । भिटामिन ‘डी’ का स्रोत भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन डी को सबैभन्दा राम्रो स्रोत भनेको सूर्यको किरण हो । साथै खानाबाट पनि हामी भिटामिन डी प्राप्त गर्न सक्छौं । अण्डा, माछा, चिज, च्याउ, गाँजर आदिको सेवनबाट पनि केही मात्रामा भिटामिन डी प्राप्त हुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि