SamwadKhabar logo

समाचार

बहिनीसँग प्रेम सबन्ध रहेको आशंका हत्या

संवाद खबर

संवाद खबर

बहिनीसँग प्रेम सबन्ध रहेको आशंका हत्या
साउन ३०, काठमाडौं। बहिनीसँग प्रेम गरेको अभियोग लगाएर बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरिएको छ। बाराका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेलले ठाकुरको हत्या गरी भारत लगेर शव व्यवस्थापन गरेको थिए। ठाकुरले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध राखेको थाहा पाएपछि हत्या गरेको प्रहरीको दावी छ। उनीहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी रमेश बस्नेतले जानकारी दिए। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार साउन २४ गते बिहान राजकुमार ट्युसन पढ्न वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवातर्फ साइकलमा गएको बेला दुई दाजुभाइ मिलेर हत्या गरेका हुन्। उनीहरुले साउन २४ मै हत्या गरेर मोटरसाइकलमा शव राखी भारतको रक्सौलस्थित रेलवे स्टेशन नजिकको शौचालयमा व्यवस्थापन गरेका थिए। प्रहरीका अनुसार समयमा राजकुमार घर नफर्केपछि सम्पर्कविहीन रहेको भनी उनका बुबा मोतिलाल ठाकुरले प्रहरीमा खबर गरेका थिए। प्रहरीले साउन २७ गते बिहान वीरगंज महानगरपालिका–१६ नगवास्थित टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र प्रितम पटेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि शव फेला पारेको थिएन। जब उनीहरु र राजकुमारको बीचमा सम्पर्क भएको तथ्य नजिक पुगेको प्रहरीले केही क्लुहरु देखाएपछि पटेल दाजुभाइले अपराध स्वीकार गरेका थिए। उनीहरुले आफ्नो बहिनीसँग प्रेम सबन्ध रहेको आशंका हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। राजकुमार ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर शव बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा राखी भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याएको बताएका थिए। त्यसपछि त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव राखेर नेपाल फर्कीएको प्रहरीलाई बयान दिएपछि पर्सा प्रहरीले शव बरामदका लागि भारतीय प्रहरीसँग समन्वय गरेको थियो। बयानपछि प्रहरीले प्रहरी बरिष्ठ नायव निरीक्षक बिनोद कुमार सिंहको कमाण्डमा भारतीय प्रहरीको समन्वयमा भारत प्रहरी पुगेको थियो। विहारको भागलपुर स्थितबाट शव बुझी ल्याएका थिए। अहिले उनीहरुलाई पर्सा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको एसपी बस्नेतले बताए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि