SamwadKhabar logo

समाचार

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनिक जग्गा निजी भन्दै स्पष्टिकरण

संवाद खबर

संवाद खबर

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनिक जग्गा निजी भन्दै स्पष्टिकरण
साउन ३०, काठमाडौँ । ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो । भेल्पा मन्दिर परिसर संरक्षित क्षेत्र हो । संरक्षित क्षेत्रको रुख कटान गर्न पालिकासँगको समन्वयमा जिल्ला वन कार्यालयबाट स्विकृती लिनु पर्ने हुन्छ । रुख कटान सम्बन्धी विषयमा ललितपुर महानगरपालिकाको कार्यपालिकाले १५ वडाका वडाध्यक्ष सुरेश शाहीसँग असाढ १९ गते पत्र संख्या १३२००–०७८÷०७९ मार्फत स्पष्टिकरण सोधिसकेको छ । स्पष्टिकरणमा वडाध्यक्ष शाहीले सो जग्गा सार्वजनीक नभइ निजी रहेको स्पष्टिकरण दिएका छन् । रुख कटान गरिएको जग्गा रहेको स्थान कित्ता नम्बर ५÷श ७२ को १ रोपनी १ आना जग्गा मालपोत कार्यालयमा नेपाल सरकारको नाममा दर्ता रहेको छ । उक्त क्षेत्रमा तत्कालिन जिल्ला वन अधिकृत लगायतको टोलीले वृक्षारोपण गरेको थियो । ललितपुर जिल्ला वन कार्यालयले समेत उक्त रुख कटानसम्बन्धी विषयलाई लिएर वडाध्यक्ष शाहीसँग सूचना माग गरेको र वडाध्यक्ष शाहीले उक्त जग्गा व्यक्तिगत भएको सूचना दिएको ललितपुर जिल्ला वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिए । रुख चाहिए घरमा रोप्नु, मन्दिर क्षेत्रमा भोज गर्न मिल्ने फाल्चा निमार्ण गर्ने हो भन्दै वडाध्यक्ष शाहीले स्थानियहरुलाई धम्काएको भेल्पा मन्दिर परिसरका केही स्थानियहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए । वडाध्यक्ष शाहीको कतुर्त थाह हुदाहुदै पनि स्थानीयहरु बोल्न त्रसित हुने गरेका छन् । भेल्पा मन्दिर परिसरमा भर्याङ्गमा मार्बल राख्नका लागि यस अघिका वडाध्यक्षको कार्यकालमा बजेट बिनियोजन गरिएको थियो । उक्त बजेटलाई हालका वडाध्यक्षले फाल्चा निमार्ण गर्ने भन्दै बजेटको उद्देश्य परिवर्तन गरेका थिए । वडाले नै विनियोजन गरेको बजेटको योजनाका कारण उक्त रुखहरु कटान गरिएको प्रष्ट छ । तर वडाध्यक्ष शाहीले रुख कटानमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । सामान्य रुपले सम्बन्धित निकायको स्विकृती लिएर रुख कटान गर्न पाउने प्रावधान हुँदाहुँदै पनि वडाध्यक्षले अनाधिकृत रुपमा रुख कटान गरेको रहस्यमय विषय हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि पुगेको छ । जिम्मेवार निकायमा भएको व्यक्तिले जिल्ला वन कार्यालय तथा ललितपुर महानगरले माग गरेको स्पष्टिकरण मै सार्वजनीक जग्गालाई व्यक्तिगत भनि जानकारी दिइनु नै उनको संलग्नताको आधार पुष्टि हुन्छ । वडाले बजेट बिनियोजन गरेको योजना अनुरुप रुख काटिएको कारण पनि वडाध्यक्ष शाहीको संलग्नताको पुष्टि हुन्छ । उनी २०७९ बैशाख ३० गतेको स्थानीय निकायको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि