SamwadKhabar logo

               

खेलकूद

रियल म्याड्रिडको दोस्रो जित सँगै शीर्ष स्थामा

देवराज रिजाल

देवराज रिजाल

रियल म्याड्रिडको दोस्रो जित सँगै शीर्ष स्थामा
५ भदौँ, काठमाडौँ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। गए राति भएको खेलमा सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरमा हराउँदै रियलले सानदार जित निकालेको हो। सेल्टाको मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए । खेलको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टीबाट गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। तर २३औं मिनेटम इयागोले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए। ५६औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ३–१ को स्थितिमा पुर्‍याए। ६६ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गरेपछि रियल खेलमा ४–१ ले अघि बढ्यो। ८७ औं मिनेटमा रियलले अर्को पेनाल्टी प्राप्त गरे पनि परिवर्तित खेलाडी इडेन हाजार्डले गोल गर्न नसक्दा फराकिलो जित निकाल्न सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा रियल ४–१ ले विजयी भयो ।लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ६ अंक नै रहे पनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छन्। पराजित सेल्टा १ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…