SamwadKhabar logo

               

खेलकूद

पाथीभरा म्याराथन र महोत्सव हुने

देवराज रिजाल

देवराज रिजाल

पाथीभरा म्याराथन र महोत्सव हुने
भाद्र ६, काठमाडौँ । ताप्लेजुङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ। समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए। म्याराथन भने सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरुआत भई काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ। महोत्सवमा खुला म्याराथन तोक्मेबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ। कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्रा गरिने छ। कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट (सिरानी बोकेर फाइट खेल्ने), हाडी फुटाइ, मेयर कप भलिबल प्रतियोगिता सुरु, लोक सांस्कृतिक कार्यक्रम गरिने उनले बताए। होत्सवको अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया, खाद्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनी लगायतका कर्यक्रम आयोजना गरिने छन्। महोत्सवको मुख्य आकर्षक म्याराथन दौड तोक्मेदेखि पाथीभरा मन्दिरसम्म हुने छ। महिला हाफ म्याराथन तोक्मेदेखि काफ्लेपाटीसम्म हुनेछ। महोत्सव सञ्चालनका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…