SamwadKhabar logo

               

खेलकूद

केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

देवराज रिजाल

देवराज रिजाल

केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ
भाद्र ६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी(२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ । नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् । उनले केन्या जानुअघि राम्रो तयारी भएको बताए । उनले भने, ‘सबै युवा खेलाडीहरु प्रदर्शनका लागि तयार छन् । हामी राम्रो गर्नेछौं । राम्रो म्याच प्राक्टिस हुनेछ ।’ उनले नेपालको लक्ष्य टिमको रुपमा राम्रो प्रदर्शन गर्नु रहेको बताए । कप्तान सन्दीप लामिछानेले केन्या भ्रमण महत्वपूर्ण रहको बताए । उनले भने, ‘नयाँ खेलाडी र केहीको पुनरागमन छ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छन् । अपेक्षा अनुसार नै नतिजा ल्याउनेछौं ।’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले नोभेम्बरमा हुने लिग टु शृंखलालाई ध्यानमा राख्दै म्याच प्राक्टिस गर्नका लागि केन्या भ्रमण पठाएको बताए । उनले भने, ‘नेपालमा वर्षातका बेला म्याच खेल्न नपाइरहेको बेला केन्या जाँदैछौं । पाँच टी(२० खेल नेपालको लागि महत्वपूर्ण छ ।’ तलको टिमलाई जित्दा वरीयता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी(२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए । कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी(२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए । नेपाली टोलीमा अर्जुन साउद नयाँ अनुहारका रुपमा छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…