SamwadKhabar logo

समाचार

बिहान हिँड्नुका यस्ता छन् फाइदा

संवाद खबर

संवाद खबर

बिहान हिँड्नुका यस्ता छन् फाइदा
भदौ ७, काठमाडौं । बिहान उठ्ने बित्तिकै व्यायाम या कसरत तपाईँको पहिलो प्राथमिकता नहुन सक्छ। तर आफ्नो दिनको सुरुवात हिँडेर भने गर्न सक्नु हुन्छ। चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको शरीरलाई धेरै फाइदा हुन्छ। बिहान हिँड्दा हुने केही फाइदाहरूको विषयमा चर्चा गर्ने छौँ। १. ऊर्जा बढाउन यदि तपाईँ बिहान बाहिर हिँड्नुहुन्छ भने दिनभर थप ऊर्जा मिल्छ। अध्ययनले देखाउँछ कि २० मिनेट बाहिर हिँड्ने वयस्कहरूले २० मिनेट घर भित्र हिँड्नेहरू भन्दा बढी जीवन शक्ति र ऊर्जा अनुभव गर्छन्। निन्द्रा नपुगेका १८ महिलाहरूमा गरिएको एउटा अर्को अध्ययनले एक कप कफीभन्दा १० मिनेट हिँड्दा बढी ऊर्जा मिल्ने देखाएको छ। २. मुड सुधार गर्न बिहान हिँड्नाले तनाव, चिन्ता र थकानहरू कम हुन्छ। जसको कारणले मुड सुधार हुन मदत गर्छ। ३. दिनको लागि आफ्नो शारीरिक गतिविधि पूरा गर्न अन्य कुनै काम या दायित्व आईपर्नु अघि बिहानै हिँड्नाले तपाईँले उक्त दिनको लागि आफ्नो शारीरिक गतिविधि पूरा गर्नुहुनेछ। ४. शरीरको तौल कम गर्न बिहान कम्तीमा ३० मिनेट हिँड्दा तौल घट्न धेरै सहयोग हुन सक्छ। ५. विभिन्न रोगहरूबाट बच्न हिँडाईले रोग प्रतिरक्षा बढाउन साथै अन्य विभिन्न स्वास्थ्य अवस्थाहरूलाई रोक्न र व्यवस्थापन गर्न मद्दत गर्दछ। अध्ययनले देखाउँछ कि प्रति दिन ३० मिनेटको लागि हिँड्दा हृदय रोगको जोखिम १९ प्रतिशतले कम हुन्छ। बिहानको हिडाईले मधुमेह र रक्तचापको जोखिम कम गर्न पनि मद्दत गर्छ। ६. मांसपेशीहरू बलियो बनाउन हिँड्दा तपाईँको खुट्टाको मांसपेशी बलियो हुन्छ। ७. मानसिक स्पष्टता सुधार गर्न बिहानको पैदल यात्राले तपाईँको मानसिक स्पष्टता र दिनभर ध्यान केन्द्रित गर्ने क्षमतालाई सुधार गर्न मद्दत गर्दछ। भर्खरै गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि वृद्ध र वयस्कहरूमा बिहानको पैदल हिँडाइले आफ्नो संज्ञानात्मक कार्यमा सुधार गर्न मदत गरेको छ। हिँड्दा तपाईँलाई थप रचनात्मक सोच्न मद्दत गर्न सक्छ। अनुसन्धानले देखाउँछ कि हिँड्दा विचारहरूको स्वतन्त्र प्रवाह खुल्छ, जसले तपाईँलाई समस्या समाधान गर्न मद्दत गर्न सक्छ। ८. राती राम्रोसँग निदाउन बिहान हिँड्दा तपाईँलाई राति सजिलोसँग नीद पर्न मदत हुन्छ। २०१७ को एउटा अध्ययनले राती निदाउन कठिनाइ अनुभव गरिरहेका ५५ देखि ६५ वर्षका वृद्ध वयस्कहरूलाई अनुगमन गर्दा बिहान र बेलुका व्यायाम गर्नेहरूले रातमा राम्रो निद्राको गुणस्तर अनुभव गरेको देखाएको थियो। ९. दिनभरि स्वस्थ रहने विकल्पहरू बनाउन हिँडाईसंगै आफ्नो दिन सुरु गर्नाले दिनभर स्वस्थ रहने विकल्पहरू छनोट गर्नको लागी सेट अप गर्न सजिलो हुन्छ। बिहान हिँड्दा तपाईँलाई दिउँसो स्वस्थ खाना र खाजा छनौट गर्न प्रेरित गर्न सक्छ। या दिनभर ऊर्जावान् र आनन्द महसुस गर्न सक्नुहुन्छ। एजेन्सी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि