SamwadKhabar logo

समाचार

वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने

संवाद खबर

संवाद खबर

वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने
भदौ ७, विराटनगर। पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस गर्नुपर्ने माग गरिएको छ। केही महिनायता प्रदेश नं १ का झापा, मोरङ, सुनसरी लगायतका विभित्र जिल्लामा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, चिउरा, भुजा लगायतमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको गुनासो आएको छ। सो गुनासोसँगै नेपाली उपभोक्ता संरक्षण महासङ्घ प्रदेश नं १ समितिले आज विज्ञप्तिमार्फत थोक तथा खुद्रा बिक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस्नुपर्ने माग गरेको हो। यस कार्यप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायको ध्यानकर्षण गराउन विज्ञप्तिमार्फत सो माग गरिएको जनाइएको छ। समितिका महासचिव विष्णुप्रसाद पोखरेलले जारी गर्नुभएको सो विज्ञप्तिमा चाउचाउ, प्याकेजिङका नुडल्स लगायतका सामग्रीहरु तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयं व्यवसायीहरुले नै बताउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ। स्थानीय तथा जिल्लास्तरीय अनुगमन समितिहरुले यस विषयमा बजार अनुगमन तत्काल गर्न पनि सो विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनुपर्ने कुराहरु उल्लेख नगरेको पाइएकाले यस विषयमा पनि सरोकारवाला निकायहरुको ध्यानकर्षण होस् भनिएको छ। वस्तुमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर, खाद्य पदार्थ, औषधि र सौन्दर्य सामग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल, गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर मापक चिह्न, वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट), निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि, वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति आदि उल्लेख गर्नुपर्दछ। इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ‘ग्यारेन्टी’ वा ‘वारेन्टी’ मिति तथा सो वस्तुसँग सम्बन्धित कानुनबमोजिम अन्य आवश्यक कुरा पनि खुलाउनुपर्नेमा नखुलाइएको बजारमा पाइएको छ। प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाका लागि अपनाउनुपर्ने पूर्वसावधानीसम्बन्धी विवरण, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य, वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुर्याई प्रयोग गर्दा हुन सक्ने हानी नोक्सानी, मानव स्वास्थ्यलाई हानि पुर्याउने खालका पदार्थहरुको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग जस्ता विषयमा गम्भीर बत्र पनि सो विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि