SamwadKhabar logo

समाचार

रोशी ३ को आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य विरामी पनि उपचार हुँदैन

संवाद खबर

संवाद खबर

रोशी ३ को आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य विरामी पनि उपचार हुँदैन
भदौ ८, काभ्रे । संघीय राजधानी नजिकैको जिल्ला काभ्रेको रोशी गाउँपालिकामा विकासको गति लिन सकिरहेको छैन् । राजनीतिक खिचातानीमा र चरम लापरवाहीका कारण गाउँपालिकाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको कामकारवाही अस्तव्यस्ता छन् । मानव स्वास्थ्यसंग सम्बनिधत अति संवेदनशील स्वास्थ्य चौकी र सामुदायिक अस्पतालमा कुनै सेवा सुविधा उपलब्ध गराउन सकेको छैन् । नामको मात्र स्वास्थ्यचौकी र अस्पतालका कारण त्यहाँका जनताहरुले हैरानी खेप्नु परेको छ । त्यस्तै रोशी ३ मा रहेको शिखर आम्बोटे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा न दक्ष कर्मचारी नै छन् न त आवश्यक स्वास्थ्य सामग्री लगायत औषधी । सामान्य विरामी उपचार गर्न समेत नसकिने कर्मचारी र औषधीको अभाव झेलिरहेका रोशी–३ का जनता अंगनमै रहेको एक तले भवन देखेर दिक्कार्दै छन् । रोशी –३ भदौरेमा बनेको शिखर आम्बोटे आधारभूत स्वास्थ्य केन्द्र भने वडाका अधिकांस नागरिकलाई अत्तोपत्तो छैन् । सोही भवन निर्माणमा लापरवाहीका कारण वर्षदिन नपुग्दै पानी चुहिने र अस्तव्यस्ता अवस्थामा छ । भवन निर्माणमा मापदण्ड विपरीत काम भएको कारण समुदायलाई हस्तान्तरण हुन नसकिएको उक्त नाम मात्रको स्वास्थ्यचौकीमा एक जना कर्मचारी बसेका छन् । उनको अवस पनि त्यही भवनमा छ । लाखौ खर्चिएर निर्माण गरेको सो स्वास्थ्यचौकी र भवनको दूरुपयोग हुँदा स्थानीय सरकार भने मौन छ । जुन प्रयोजनका लागि बनेको त्यसको लागि प्रयोगमा नआउनु चरम अनिमियतता सावित हुन्छ । अचानक कोही विरामी पुगे पनि मिति नाघेको औषधी दिएर पठाएको गुणासो आएको छ । मानव स्वास्थ्यसंग खेलवाड गर्ने कर्मचारी र त्यस स्वास्थ्यचौकीबारे सम्बन्धित निकाय भने बेखबर छ । औषधीको व्यवस्थापन समेत गर्न नसकिने स्थानीय सरकार र अनुगमन गर्नुपर्ने स्वास्थ्य शाखा विभाग यस विषयमा गम्भिर नभएको स्थानीयहरुको आरोप छ । त्यस्तै सरकारी सेवा सुविधा लिएर निजि क्लिनिक सञ्चालन गर्दै आवश्यक औषधी आफ्नो क्लिनिकमा देखाउने र सरकारी स्वास्थ्यचौकीमा कुनै औषधी नपाउनु झन जटिल विषय बनेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि