SamwadKhabar logo

समाचार

फेसबुकबाट विद्यार्थीलाई दुःख दिने चामुण्डा स्कूलका एक शिक्षक पक्राउ

संवाद खबर

संवाद खबर

फेसबुकबाट  विद्यार्थीलाई दुःख  दिने चामुण्डा स्कूलका एक शिक्षक पक्राउ
भदौ १२, काठमाडौँ । कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट दिनरात दुःख दिने गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११÷१२ का विद्यार्थीलाई कम्प्युटर पढाउने शिक्षक अभिषेश भण्डारीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । भण्डारीले सोही कलेजमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउने र कम्प्युटर कक्षाको प्रयोगात्मक अंक पाउन आफुले भनेको कुरा मान्नुपर्ने दबाब दिएको पीडितवीच भएको फेसबुक कुराकानीमा फेला परेको छ । पक्राउ परेका शिक्षक भण्डारीलाई खुशी पार्न राती च्याट गर्नुपर्ने मेसेन्जरबाट फोटो पठाउनुपर्ने र नमाने धम्की दिने आरोप लागेको छ । यस विषयमा चामुण्डा विद्यालयका निमित्त प्रधानाध्यापक गुणराम आचार्यसंग बुझ्दा घटना भएको जानकारी हुनेबित्तिकै आरोपित शिक्षक भण्डारीलाई प्रहरीलाई बुझाएको बताए । प्रधानाध्यापक आचार्यले विद्यालयमा थप अप्रिय घटना हुनबाट बचाउन गलत कार्यमा संलग्न शिक्षकलाई कारवाहीको लागि थप अनुसन्धानमा सहयोग गर्ने गरी विज्ञप्ति निकालिसकेको बताए । तर निष्काशनको लागि विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार बस्ने जानकारी दिएको छ । शनिवार र विदाको दिन भेट्ने प्रस्ताव राखेर हैरान बनाउने र बारम्बार तस्बीर पठाउन आग्रह गरि दःख दिएको पीडित छात्राले बताईन् । उनीहरुवीच भएको कुराकानी साथीभाईलाई सुनाए राम्रो नहुने धम्की समते दिएको उनले बताईन् । आफ्नो सन्तुष्टिका लागि छात्राहरुले आफुले भनेको कुरा मान्नुपर्ने र गलत दृष्टिकोणबाट विद्यार्थीमाथी दूरव्यवहार गरेको भन्दै साथीमार्फत उक्त कुरा बाहिर आएपछि विद्यालय प्रशासनमा जानकारी गरेको र प्रशासनले मिलाउने प्रयास गरेपछि मिडियासामु आएको पीडितका अभिभावकले बताए । थप कारवाहीको माग सहित पीडित छात्रा र उनका साथीहरुले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएको छ । साथै आवश्यक कारवाहीको माग राखि गोकर्णेश्वर नगरपालिका शिक्षा शाखामा समेत जानकारी गराएको पीडितकी आफन्तले  बताए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि