SamwadKhabar logo

समाचार

मोटरसाइकलमा मोबाइल स्टयान्ड प्रयोग गर्नेलाई कारबाही

देवराज रिजाल

देवराज रिजाल

मोटरसाइकलमा मोबाइल स्टयान्ड प्रयोग गर्नेलाई कारबाही
भाद्र १६, काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ । राइड सेयरिङ एप कम्पनीहरुलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो । अहिले अधिकतम् रूपमा राइड सेयरिङ’ गर्ने बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन् । यस्ता स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा रोक लगाएको हो । यसले दुर्घटनाको जोखिम समेत बढाएकाले बाइकहरुमा यस्ता स्ट्यान्ड र मोबइल अड्याउने कुनै प्रकारका वस्तु नराख्न निर्देशन दिनु परेको एक ट्राफिक प्रहरी अधिकारी जानकारी दिए । नेपाल सरकारको प्रचलित कानुम बमोजिम बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) नभएको ती अधिकारीको तर्क छ । मोटरसाइकलमा यस्ता स्ट्यान्ड राखेमा कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । नक्सा हेर्न तथा फोटोरभिडिओ खिच्न यस्ता स्ट्यान्डको प्रयोग हुन्छ । यसले दुर्घटना निम्तिरहेकाले प्रयोग निषेध गरिएको हो । मोबाइल हेर्दै बाइक चलाउँदा दुर्घटनाको जोखिम बढेको ट्राफिकको निष्कर्ष छ । सवारी साधनको स्वरूप फर्ने, रङ बदल्ने, नयाँ पाटपूर्जा थपघट गर्ने काम काननले निषेध गरेको छ । सवारी चलाउँदा मोबाइल फोन प्रयोग पनि निषेधित छ । यस्तो नियम उल्लंघर गरेमा ५ सयदेखि २ हजारसम्म र अटेरी गरेमा दोहोर्‍याएमा ५ देखि २० हजारसम्म जरिवना हुनसक्ने नियम छ । पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्नेतले प्रहरीको आदेश बमोजिम सूचना कम्पनीले राइडर र फुडम्यानहरूलाई दिएको उनले बताए । तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आइरहेको छ,’ उनले भने,’हामीले अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि