SamwadKhabar logo

समाचार

६ तले घरबाट हामफालेकी किशोरीको ‘सुसाइड नोट’– ममी, मलाई माफ गरिदिनु, गल्ती गरेँ

संवाद खबर

संवाद खबर

६ तले घरबाट हामफालेकी किशोरीको ‘सुसाइड नोट’– ममी, मलाई माफ गरिदिनु, गल्ती गरेँ
भदौ १६, काठमाडौं । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन साढे ६ तले घरबाट हामफालेर ज्यान गुमाएकी किशोरीको ‘सुसाइड नोट’ फेला परेको छ । बुधबार साँझ करिब ६ बजे निर्माणाधीन घरको पाँचौँ तलाबाट दुई किशोरकिशोरीले हामफालेका थिए । उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो । उनीहरू दुवैजना मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा–९ मा अध्ययनरत थिए । भारतको विहार स्थायी घर भई काठमाडौंको पेप्सीकोलामा बस्दै आएका १४ वर्षीय किशोर र काठमाडौंकै घट्टेकुलो बस्दै आएकी १४ वर्षीया किशोरीको मृत्यु भएको हो । बुधबार उनीहरू दुवैजना विद्यालय पोसाकमा स्कुल गएका थिए । सोही पोसाकमै उनीहरूले उक्त घरबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीहरू दुईजना प्रेम सम्बन्धमा रहेको हुन सक्ने र केही समस्या आएकाले गलत बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाइ छ । प्रहरीका एक उच्च अधिकारीका अनुसार मृतक किशोरीको ‘ब्याग’मा उनको ‘सुसाइड नोट’ भेटिएको छ । ती अधिकारीले भने, “सुसाइड नोटमा ‘ममी, मलाई माफ गरिदिनु, मैले गल्ती गरेँ’ लगायत कुराहरू लेखिएका छन् । अन्य कुरा अनुसन्धानमै छन् ।” उनीहरू विद्यालयबाट कति बेला निस्किएका थिए, के–के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरिरहेको छ । घटनाको प्राविधिक पाटोबाट समेत प्रहरी अनुसन्धानमा सक्रिय रहेको परिसर काठमाडौंले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि