SamwadKhabar logo

समाचार

नेताको नाममा राज्य सम्पत्ति दूरुपयोग

संवाद खबर

संवाद खबर

नेताको नाममा राज्य सम्पत्ति दूरुपयोग
भदौ १९, काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता एवम् साहित्यकार वीपी कोइरालाको नाममा ट्रस्ट सञ्चालन गरी सरकारी ढुकुटीको चरम दुरुपयोग भएको खुल्न आएको छ । काठमाडौँको धुम्बाराहीमा रहेको सो संस्थाले उद्देश्य विपरीत काम कारवाही गरेको खुल्न आएको हो । स्मृति ट्रस्टले उद्देश्य अनुरुप सेवामूखी भन्दा पनि कमाउ धन्दा गर्दै आएको स्रोतबाट जानकारी प्राप्त भएको छ । संस्थाले सरकार र जननायक बी.पी. कै शुभचिन्तकहरुलाई झुक्याई संस्था र राज्यको कानुन विपरीत गलत तरिका बाट कामकारवाही गरेको खुलासा भएको छ ।  यस अघि विभिन्न सञ्चार माध्यममा नेपाली राजनीतिक व्यक्तित्वहरुको नामबाट स्थापना गरेको संघ संस्था ट्रस्टहरुले आर्थिक हिनामिना गरेको समाचार प्रकाशन प्रसारण गरिएको थियो । तर त्यसको अनुगमनमा चुस्त नभएपछि राजनीतिको पहुँचको भरमा विभिन्न समूह बनाई राज्यको सम्पत्ति दुरुपयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय दर्ता नं. ४२६÷ २०५७÷०५८ जननायक बी.पी. कोइराला ट्रस्टको सञ्चालन गरी सेवा भन्दा मोज मस्तीमा रमाएका सञ्चालक समितिले विभिन्न समयमा अनुदान तथा सहयोग बाट करोडौँ पर्ने सवारी साधनहरु खरीद तथा बिक्री गरेको एक पत्रबाट पुष्टि भएको छ । मिति २०७२÷४÷२० मा जननायक बी.पी. कोइराला स्मृति ट्रस्टलाई बेलायतबाट प्राप्त भएको गाडीहरु मध्ये काठमाडौँका अनिस प्रधान भन्ने व्यक्तिलाई रेन्जर रोबर डाईनामिक मोडल २०१३ चेसस नम्बर एसएलवीए २ एडी ७ डिएच ७३७६३३ बिक्री पास गरेको पत्रमा उल्लेख छ । उक्त पत्रमा सोही ट्रस्टको तर्फबाट कार्यकारी निर्देशक समेत रहेका राजेन्द्र पराजुलीको हस्ताक्षर रहेको छ । समाजको हित र रचनात्मक कार्य गर्ने नेपाल सरकारको संविधानको अधिनमा रही सञ्चालन गर्नुपर्ने संस्था अथवा ट्रस्टले व्यक्ति मोटाउने र संस्था ऐन मापदण्डविपरीत गतिविधि सञ्चालन गर्दै आईरहेको स्रोतले बताएको छ । संस्थाको लेटरप्याड समेत दुरुपयोग गरी राज्यको तर्फबाट पूर्णरुपमा भन्सार छुटको सुविधा प्राप्त गरी आएको सवारी साधन र अनुदान बाट प्राप्त गाडी बिक्री वितरण गर्दा संस्थाको मापदण्ड बिपरित आफू खुसी गर्ने गरेको खुल्न आएको छ।राज्य शक्तिको दुरुपयोग गरेर बिपी कोइरालाको नाममा उक्त ट्रस्टले ब्रह्मलुट मच्चाएको र सरकारले उचित ध्यान पुर्‍याउन नसक्दा बी.पी. को नाम बदनाम गरेको शुभचिन्तकहरु बताउँछन् । सोही स्मृति ट्रस्टले आर्थिक वर्ष २०७४÷०७५ सम्मा आईपुग्दा करिब ९ करोड रकम नेपाल सरकार संस्कृति, पर्यटन ततथा नागरिक उडड्यन मन्त्रालयबाट निकासा गरेको केही तथ्य फेला परेको छ । खुले आम राज्यकोषको दुरुपयोग हुँदा पनि अनुगमन गर्ने निकायहरु मौन रहनु शंकाको विषय बनेको छ । हाल आएर काठमाडौँको धुम्बाराहीमा ६ आना जग्गा खरिद गरी भवन बनाउँदै गरेको बुझ्न आएको छ । संघसंस्थाले जग्गा खरिद गर्दा निर्वाह गर्नुपर्ने सरकारी कुनै पनि मापदण्ड पूरा नगरी अवैध रुपमा निर्माण कार्य अगाडी बढाईरहेको स्रोतले बतायो । त्यस संस्थाले उद्देश्यभन्दा बाहिर गएर एम्बुलेन्स र करोडौँ पर्ने अन्य ४ ओटा गाडीहरु खरिद गरेको खुलासा भएपनि हाल उक्त गाडीहरु कहाँ छन् ? कस्ले प्रयोग गर्छन् ? केही जानकारी छैन् । अति संवेदनशील र आवश्यकतामा पर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले चढ्नेभन्दा महंगा र विलासी गाडी वी।पी कोइराला स्मृति ट्रस्टका अध्यक्ष, उपाध्यक्ष, महासचिव कस्ले चढ्छन् ? या त्यसको प्रयोग कहाँ भएको छ भन्ने कुराको खोजी आवश्यक रहेको छ । वेभ विवरणमा उल्लेख भएअनुसार हाल जननायक वी.पी कोइराला स्मृति ट्रस्टको सञ्चालक समितिका पदाधिकारीमा अध्यक्ष श्रीहर्ष कोइराला, उपाध्यक्ष बलदेव मजगैयाँ, महासचिव रामचन्द्र पोखरेल, कोषाध्यक्ष पुरुषोत्तम बस्नेत र सदस्यहरुमा डा. सशांक कोइराला, सूर्यमान गुरुङ, डा. ध्रुवचन्द्र गौतम, शुसीलमान शेरचन, किरण यादव, डा. ज्ञानु पाण्डे, तथा कार्यकारी निर्देशक समेत रहेका राजेन्द्र पराजुली छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि