SamwadKhabar logo

समाचार

खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन

संवाद खबर

संवाद खबर

खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन
भदौ २०, सप्तरी । डाँक्नेश्वरी नगरपालिका(५ तरहीको सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । उक्त बस्तीको कुनै पनि घरमा शौचालय छैन । दिसा पिसाबका नजिकैको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताइन् । ‘यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गरेको छ । अर्कातिर विभिन्न सरुवा रोगहरूले सताइरहन्छ ।’ नगरपालिकाले सबै वडाका घरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । तर, सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय छन् । मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्तीमा शौचालय बनाउन कसैले चासो नदिएको सदाको भनाइ छ । आफ्नो जग्गा नहुँदा बनाउन नसकिएको स्थानीयले जनाएका छन् । ‘शौचालय त चाहिन्छ । बनाउने इच्छा पनि छ,’ स्थानीय रामदेव सदाले भने, ‘तर शौचालय बनाउने जग्गा छैन । मुस्किलले एक वटा घर बनाएर परिवारसहित बसिरहेका छौं ।’ सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाका रुपमा काम गर्दै आएका छन् । ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ । ‘मजदूरी गरेर कमाएको पैसाले बिहान बेलुकाको गुजारा चलाउनै धौधौ हुन्छ,’ राधादेवी सदाले भनिन्, ‘शौचालय बनाउन कम्ती पनि १५÷२० हजार लाग्छ । त्यति पैसा कहाँबाट बनाउनु ? ।’ दलित समुदायमा शौचालयको ठूलो समस्या रहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहेका स्थानीय नरेश सदाको भनाइ छ । ‘शौचालयका लागि संस्था र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौं, तर मुख्यतः जग्गाको अभाव छ,’ उनले भने । सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी(५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि