SamwadKhabar logo

समाचार

दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अभियोगमा साह दोषी ठहर

संवाद खबर

भदौ २०, जनकपुरधाम । धनुषा महेन्द्रनगरकी नाबाल दिदीबहिनीलाई बेहोस बनाएर बालात्कार गरेको अभियोग लागेका राजकुमार साहलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ । सोमबार नारायणप्रसाद सुवेदीको एकल इजलासले साहबाट कसुर भएको फैसला सुनाएको हो । उनीमाथि क्षिरेश्वरनाथ नगरपालिका–५ का ०७६ वैशाख १५ गते दिउँसो दिदीबहिनीलाई बेहोस बनाएको आरोप लागेको थियो । उनले दुवैजनालाई बेहोस बनाएर दिदीलाई बलात्कार गरेको आरोप लागेको थियो ।अदालतका श्रेस्तेदार विकास बस्नेतले कसुर ठहर भएको र भदौ २७ गते सजाय निर्धारणको पेसी राखिएको जानकारी दिए । जाहेरीवालाको तर्फबाट अधिवक्ता धर्मप्रसाद कोइराला, मोहना अन्सारी, राहुल झा, प्रदीप मिश्र, रेखा झा र आरती साहले बहस गरेका थिए । उनीहरूले हदैसम्म सजाय हुनुपर्ने माग गरेका छन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा, उमेश पञ्जियार, अञ्जु मण्डल र मनोज ठाकुरले बहस गरेका थिए । यो मुद्दा ०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको थियो । साढे तीन वर्ष समय लागेर फैसला भएको यो मुद्दामा ३० वटा पेसी चढेका थिए । घटनाको सुरुमा प्रहरीले मुद्दा दर्ता गर्नसमेत ढिलाइ गरेको थियो । पछि स्थानीयहरूले महेन्द्रनगरमा चक्का जामसहित आन्दोलन सुरु गरेपछि यो मुद्दालाई सरकारी मुद्दाका रूपमा स्थापित गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि