SamwadKhabar logo

समाचार

महानगरले आज महाराजगञ्ज र बसुन्धरा क्षेत्रमा चलायो डोजर

संवाद खबर

संवाद खबर

महानगरले आज महाराजगञ्ज र बसुन्धरा क्षेत्रमा चलायो डोजर
भदौ २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । महानगरबाट पास भएको नक्साअनुसार निर्माण नभएका संरचनाहरु महानगरले भत्काउँदै आएको छ । यस्तै, सार्वजनिक स्थलमा बनेका संरचना, फुटपाथमा बनेका संरचनाहरु हटाउन पनि महानगर लागिपरेको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने क्रममा आज बुधबार महाराजगञ्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरुमा डोजर चलाएको छ । महानगरको टोलीले बिहान महाराजगन्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरु डोजर लगाएर भत्काएको हो । महानगरपालिकाको टोली डोजरसहित पुगेपछि सर्वसाधारणले धमाधम आफनो सामान सुरक्षित स्थानमा सारेका थिए भने केहीको आँखा रसाएको थियो । यस क्षेत्रमा तीन सय अवैध संरचना भत्काउनु पर्ने सूचिमा परेका छन् । यसअघि सोमबारबार मात्रै महानगरले नयाँ बसपार्कस्थित मित्रनगर टोल सुधार समितिदेखि दूरसञ्चार कार्यालयसम्म दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना हटाएको थियो । यस्तै गोंगबु बसपार्क क्षेत्रमा रहेका सुरुङजस्ता कोठामा सञ्चालित दोहोरी साँझ र भट्टी पसल हटाएको छ । प्रहरीले यस्ता तीनवटा दोहोरी साँझ हटाएको जनाएको छ । केही भट्टी पसलहरू पनि भत्काएको छ । अन्य पक्की भवनको भूमिगत तलामा सञ्चालित पाँचवटा होटेल तथा दोहोरी साँझ पनि हटाइएको छ । अहिलेसम्म नगर प्रहरीले यसअघि कोटेश्वर, दरबारमार्ग, न्युरोड, सुन्धारा, बुद्धनगर, टेकुलगायत क्षेत्रमा सात सयभन्दा बढी संरचना भत्काइसकेको छ  ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि