SamwadKhabar logo

समाचार

मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्यका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

संवाद खबर

संवाद खबर

मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्यका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
भदौ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औँ तहका आठजना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मंगलबार आठ जनाको सरुवा गरेका हुन् । मन्त्रीस्तरीय निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. पवनजंग रायमाझीलाई दिइएको छ भने भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगालेलाई नियुक्त गरिएको छ । यस्तै, सार्क क्षयरोग केन्द्रको निर्देशक रहेका डा. अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ भने सार्क क्षयरोग केन्द्रमा यशोदा अर्याललाई पठाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयमा रहेका विजयकुमार झालाई राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा सरुवा गरिएको छ । केन्द्रमा यसअघि निर्देशक रहेका सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय वाग्मतीमा सरुवा गरिएको छ । वाग्मती प्रदेश निर्देशनालयमा यसअघि निर्देशक रहेका महेश्वर श्रेष्ठको काज फिर्ता गरी लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै, केशव पण्डितलाई हेटौंँडास्थित किटजन्य रोग प्रयोगशालामा सरुवा गरिएको मन्त्रालयको प्रशासन महाशाखाले जनाएको छ ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि