SamwadKhabar logo

समाचार

यस्ता छन् भातको माडका फाइदाहरू

संवाद खबर

संवाद खबर

यस्ता छन् भातको माडका फाइदाहरू
काठमाडौं- भात पकाउँदा आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यो बच्चाहरूको धेरै समस्याको समाधान लागि प्रभावकारी मानिन्छ। यसका केही फाइदाहरू : १.पखलाको औषधि: बालबालिकामा लाग्ने पखाल रोक्न भातको पानी निकै प्रभावकारी औषधि हो। यो पानीले बालबालिकाको पेट गडबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। भातको माड खुवाउँदा बच्चालाई तारन्तार दिसा लाग्दैन। भातको माडमा हुने कार्बोहाइड्रेडले बच्चालाई कमजोरीबाट जोगाउँछ। तर चार महिनाभन्दा मुनिको बच्चालाई माड खुवाउनु उति राम्रो मानिँदैन। २.कब्जियतको समाधान: भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित समस्यालाई समाधान गरिदिने हुँदा पेट डुम्म भयो वा दिसा गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट छुटकारा मिल्छ। ३.छाला  कसिलो बनाउन:भातको माडलाई अनुहारमा लेपन बनाएर लगाउँदा अनुहार सफा, चम्किलो र कसिलो हुन्छ। छाला चिलाउने समस्यामा पनि माड उपयोगी हुन्छ। चिलाएको ठाउँमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नुहाउँदा चिलाउने हराएर जान्छ। मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ। ४. कपाल स्वस्थ बनाउन: भातको माडले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ। यसले कपाललाई पनि छिटो-छिटो वृद्धि गराउँछ। ५.शरीरलाई उर्जाशिल बनाउन: बिरामीले कमजोर भएको शिशुलाई तग्रिनको लागि माड खुवाउन सकिन्छ। माडमा पाइने कार्बोहाइड्रेडले शरीरमा तत्काल ऊर्जा दिन्छ। ६.शीतल: भातको पानीमा एउटा स्वाभाविक चिस्याउने तत्त्व हुन्छ जसले घामको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न सहयोग पुर्‍याउँछ। ७.भिटामिनको काम: भिटामिन बी–६ दिमागको विकासका लागि महत्त्वपूर्ण मानिन्छ। चामललाई केही बेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन्। बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउदा फाइदा गर्छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि