SamwadKhabar logo

               

खेलकूद

प्रथम एन आर एन राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाल प्रहरीलाई

संवाद खबर

संवाद खबर

प्रथम एन आर एन राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाल प्रहरीलाई
पुरुषोत्तम पोखरेल, भदौ २५, काठमाडौँ । एन आर एन राष्ट्रिय कराते प्रतियोगितामा ९ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित नेपाल प्रहरी टिम प्रथम बन्न सफल भएको छ । ४ स्वर्ण १ रजत र ६ कास्य जितेको एपीएफ क्लब टिम दोस्रो भयो भने,२ स्वर्ण ५ रजत र ५ कास्य पदक सहित बागमती प्रदेश टिम तृतीय बन्न सफल भएको छ । पुरुष एकल काता तर्फ स्वर्णिम मानन्धर,महिला एक कता तर्फ चंचला दनुवार पुरुष कुमिते तर्फ करण थारु ५० केजी तौल समुहमा प्रथम (बागमती प्रदेश ),५५ केजी तौल समुहमा प्रदिप मगर (सुदुर पश्चिम प्रदेश) ६० किलो तौल समुहमा सन्तोष श्रेष्ठ (नेपाल प्रहरी),६७ केजी तौल समुहमा नबिन रसाईली (नेपाल प्रहरी ),७५ केजी तौल समुहमा रुरिहाङ दुमी राई (प्रदेश एक) ,८४ केजी मुनि शेखु आलम (एपीएफ) र ८४ केजी माथी बिप्लब लाल श्रेष्ठ (नेपाल प्रहरी) ले स्वर्ण पदक जित्न सफल भएका हुन् । महिला तर्फ ४५ केजी तौल समुहमा सबिना श्रेष्ठ (नेपाल प्रहरी) ५० केजीमा मिस्ली श्रेष्ठ (नेपाल आर्मी),५५ केजीमा शारदा सुनार (नेपाल आर्मी),६१ केजी मुनिमा रमिता माझी (बागमती प्रदेश) ६८ केजीमा सुनिता महर्जन (नेपाल प्रहरी) र ६८ केजी माथिको तौलमा अनुपमा मगर (एपीएफ) ले स्वर्ण जिते, त्यसैगरी टिम काता पुरुषमा महसुस मोक्तान, जगत सिङ धानुक र फुर्तेन तामाङ को टिम नेपाल प्रहरीले स्वर्ण पदक जित्यो भने महिला टिम कातामा चन्चला दनुवार,सोनु कार्की र टप्पी थापा (नेपाल प्रहरी) टिमले स्वर्ण पदक जित्न सफल भयो। पुरुष टिम कुमिते तर्फ नेपाल प्रहरीका सन्तोष श्रेष्ठ,बिप्लभ लाल श्रेष्ठ,नवीन रसाईली, साजन मोक्तान,सोनाम लामाको टिम प्रथम भयो भने महिला टिम कुमितेमा एपीएफ टिमका अनुपमा मगर,बिनिता श्रेष्ठ र एष्टर राईको टिमले स्वर्ण पदक जित्न सफल रह्यो। उत्कृष्ट पुरुष खेलाडीको उपाधी नेपाल प्रहरीका बिप्लभलाल श्रेष्ठले जिते भने उत्कृष्ट महिला खेलाडीको उपाधी एपीएफ क्लब की अनुपमा मगरले जितिन,उनिहरु दुवैले ब्यक्तिगत र टिम स्पर्धामा गरि दोहोरो स्वर्ण पदक जितेका थिए। बिजयी खेलाडीहरुलाई एन आर एन का अध्यक्ष कुल आचार्य नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ सोतोकान कराते प्रमुख प्रशिक्षक निवास गोपाल बैध लगायतले पुरस्कर तथा प्रमाण पत्र बितरण गरेका थिए, एन आर एन स्पोर्ट्स एकेडेमी द्वारा आयोजित उक्त प्रतियोगितामा सात प्रदेस तीन बिभाग र आयोजक एन आर एन स्पोर्ट्स एकेडेमीको सहभागिता रहेको थियो। प्रतियोगितामा पदक बिजेता खेलाडीहरु लाई नगद पुरस्कारको पनि ब्यबस्था गरिएको थियो,स्वर्ण बिजेताले पन्ध्र हजार,रजत बिजेताले दस हजार र कास्य पदक बिजेताले पाँच हजार रुपैयाँ प्राप्त गरे।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…