SamwadKhabar logo

               

राजनीति

पोखरामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन, वी.पी. संग्रहालयबाट एक लाख सहयोग

संवाद खबर

संवाद खबर

पोखरामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन, वी.पी. संग्रहालयबाट एक लाख सहयोग
भदौ २५, पोखरा  । समाजवादी नेता एवम् जननायक वी.पी. कोइरालाको १०९ औँ जयन्तीका अवसरमा पोखरा कास्की जिल्लामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन गरेको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशले आयोजना गरेको सो कार्यक्रम शिक्षाविद प्राध्यापक केदार भक्त माथेमाको प्रमुख आतिथ्यता एवम् वी.पी. संग्राहलय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेलको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अथिति वक्तहरुले पुस्तकालयको औचित्य र आवश्यकतालाई मध्यनजर गरी व्यवस्थापनमा लाग्न आग्रह गरेका छन् ।   प्रमुख अतिथि समेत रहेका प्राध्यापक माथेमाले वी.पीको नामबाट पुस्तकालय खोल्नु गर्वको विषय भएको जिकिर गरे । उनले नेपालमा पुस्तकालय पढ्ने संस्कार नै नभएको अवस्थामा विशाल व्यक्तित्वको विचार र सिद्धान्तबाट पुस्तकालय निर्माणले समाजलाई टेवा पुग्ने बताए । प्रा. माथेमाले वीपीलाई संघुरो दायरामा मात्र राखेर हेर्न नमिन्ले र उनी दक्षिण यशियकै बहु प्रतिभाशाली व्यक्तित्वको रुपमा चित्रण गर्नुपर्ने बताए । उनले पुस्तकालय स्थापना मात्र गरेर हुदैन त्यसको प्रयोग र व्यवसायिकता हुनुपर्ने बताए । पढ्ने संस्कार र पुस्तक समिक्षा गर्ने बानीको विकास गर्नुपर्ने बताए । त्यस्तै नेपाली काँग्रेसका नेता एवम् वी.पी. संग्रहालय सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलले पुस्तकालयको औचित्यबारे प्रस्ट पार्दै वी.पी.को विचार र सिद्धान्तलाई आम राजनीतिकर्मी एवम् नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई सहि मार्ग निर्देश गर्न थप सहयोग पुग्ने विश्वास गरेका छन् । विधिको शासन र लोकतन्त्रको आधार तय गर्न वी.पी वादको आवश्यकता औल्याउँदै नेता कार्यकर्तालाई व्यक्तिवादको पछि नलाग्न आग्रह गरे । अध्यक्ष पोखरेलले आउँदै गरेको संघ र प्रदेश निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन असल, इमन्दार र वी.पी.वादको सिद्धान्तलाई अनुसरण गर्ने व्यक्ति उम्मेद्वार बनाउनुपर्ने बताए । पुस्तकालयको उद्घटनसंगै अक्षयकोष समेत स्थापना गरेकोले अध्यक्ष पोखरेलले वी.पी. संग्रहालय सुन्दरीजलको तर्फबाट रु. एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । घोषणासंगै वी.पी. ले लेखिएका २४ थान पुस्तक समेत हस्तान्तरण गरेका छन् । उनले पार्टी संकटको अवस्थामा पुगिसकेको बताउँदै पार्टीको अस्तित्व बचाउन वी.पी.ले देखाएको समाजवादको यात्रालाई अंगिकार गर्नुपर्ने बताए । वी.पी.का विचार,व्यवहार र आदर्शको खोजीमा लागेका सुन्दरीजल संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले देश तथा विदेशमा उहाँको योगदानको चर्चाका लागि संगठन विस्तार गरिने बताए । नेपाली काँग्रेसको नेतृत्वकर्ता र कार्यकर्तावीच वी.पी.वादको मूल्य मान्यतालाई थप प्रगाढ बनाउन वी.पी संग्रहालयले भूमिका समेत निभएको छ । कार्यक्रमका सभापति एवम् नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पुस्तकालयलाई व्यवहारिक जीवनसंग जोडेर बौद्धिक ज्ञान र प्राज्ञिक चिन्तनको रुपमा विकास गर्दै व्यवस्थापनमा लाग्ने बताएका छन् । समाजको विकास र परिवर्तनका लागि अध्ययन पहिलो प्राथमिकतामा राखेर राजनीतिक सामाजिक कार्यमा लाग्नुपर्ने उनले बताए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो …