SamwadKhabar logo

               

खेलकूद

खेल पुर्वाधार संरक्षणमा जिम्मेवार हुन स्थानीय तहलाई खेलकुदमन्त्रीको आग्रह

संवाद खबर

संवाद खबर

खेल पुर्वाधार संरक्षणमा जिम्मेवार हुन स्थानीय तहलाई खेलकुदमन्त्रीको आग्रह
असोज २, बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताउनुभएको छ । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानिय तहले भुमिका खेल्नुपर्ने बताउनुभएको हो । स्थानिय तहको सहभागीता बिना कुनै पनि योजनाले पुर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडास्तरबाट खेल पुर्वाधार निर्माणकालागि बजेटको केही अंश छुट्टाउन समेत आग्रह गर्नुभएको छ । निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनालाई बाचाई राख्न स्थानियस्तरमा खेल गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उहाँको भनाई रहेको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ४ मगरपुरमा कबर्ड हल निर्माण गरीएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त संरचनामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी खेल संचालन भएपनि त्यसयता उक्त कबर्ड हल प्रयोग बिहिन हुँदै आएको गुनासो बढेपछि मन्त्री अथकले शनिबार स्थलगत निरिक्षण गर्नुभएको हो । अनुगमनका क्रममा स्थानियहरुले कबर्ड हलको चारैतर्फ पर्खाल तथा चेन्जिङ रुम सहित खेलाडीहरुकालागि आवास गृह निर्माणकालागि पहल गरीदिन मन्त्रीलाई आग्रह गरेका थिए । खेल संरचना खडा भएपनि त्यसले पूर्णता नपाउँदा खेल गतिविधिहरु संचालन गर्न नसकिएको भन्दै उनिहरुले आवश्यक बजेट बिनियिोजन गरीदिन आग्रह गरेका हुन । यसैबिच शनिबार नै मन्त्री अथकले बाँसगढी नगरपालिका वडा नं. ८ को हिारपुरमा रहेको नगरस्तरीय खेल मैदानको समेत अनुगमन गर्नुभएको थियो । १२ बिगाह क्षेत्रफलमा फैलीएको उक्त मैदानलाई जिल्लाकै महत्वपूर्ण खेल मैदानका रुपमा बिकास गर्न सकिने बताउँदै मन्त्री अथकले त्यसकालागि आवश्यक बजेट ब्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…