SamwadKhabar logo

समाचार

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

संवाद खबर

संवाद खबर

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन
असोज २, काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमकोआज बिहान ७७ वर्षको उमेरमा देहान्त भएको छ । उहाँ बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा उपचार गरियो र पछि भेन्टिलेटरमा राख्नु परेको थियो । सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का।वा। सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उहाँले सदा प्रजातन्त्रका पक्षमा कलम चलाउनुभएको थियो । पञ्चायत कालमा अभिव्क्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन र प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो । २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उहाँलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । त्यहीँको अनुभवमा उहाँले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेख्नुभयो । उहाँलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ । उहाँका छोरा किरण गौतमका अनुसार उहाँको अन्त्येष्टि अहिले बिहान पशुपति आर्यघाटमा गरिने छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि