SamwadKhabar logo

समाचार

अप्राकृतिक मैथुन मुद्दामा गैसस अध्यक्ष कारागार चलान

संवाद खबर

असोज ६, विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ढकाललाई मोरङ जिल्ला कारागार चलान गरिएको छ। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। पछि ठहरेबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु,’ आदेशमा भनिएको छ। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ढकालविरुद्ध मंगलबार अदालतमा अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो। वादी नेपाल सरकार र प्रतिवादी ढकाल पक्षका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि मुद्दामा अदालतले आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए। विराटनगर महानगरपालिका१२ मा अभिभावकसँग बस्दै आएका १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप ढकालमाथि छ। उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी पर्‍यो। जाहेरी परेपछि प्रहरीले गत भदौ १६ गते पक्राउ गरेर ढकाललाई अनुसन्धानको दायरामा ल्याएको थियो। प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै ढकाललाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो। ५० वर्षीय ढकाल एजुकेसन हेल्पलाइन नामक संस्थाका अध्यक्ष पनि हुन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि