SamwadKhabar logo

समाचार

जीपी कोइराला स्वास्थ्य केन्द्रमा पत्थरी सेवा सञ्चालन

संवाद खबर

संवाद खबर

जीपी कोइराला स्वास्थ्य केन्द्रमा पत्थरी सेवा सञ्चालन
असोज ८, काठमाडौँ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन भएको छ । केन्द्रमा बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएको छ । शुक्लागण्डकी–७ की ६१ वर्षीया कुमारी गाहामगरको पित्तथैलीको पत्थरीको मेजर अप्रेसन सफलतापूर्वक गरिएको केन्द्रले जनाएको छ । जिल्लामै पहिलो पटक पत्थरी सफल अप्रेशन गरिएको केन्द्रको दाबी छ । सर्जन डा. परिवर्तन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “तनहुँ जिल्लामै पहिलो पटक ‘मेजर अप्रेसन’ सफलतापूर्वक सम्पन्न भएकोले खुसी भएका छौं, निर्देशक डा। श्रेष्ठले भन्नुभयो । सफल भएकोले दैनिक रुपमा शल्यक्रिया सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । केन्द्रका अनुसार शल्यक्रिया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ् अधिकृत रिना पौडेल, स्टार्फ नर्सहरु दिलकुमारी भुजेल, सृजना कुँवर, पूजा थापा, एलिसा थापा, रीता श्रेष्ठ, सुस्मिता महत सहयोगीमा दिलबहादुर विष्ट, शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली थियो । केन्द्रले २०७३ साल साउनदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँ, लमजुङ्, पाल्पा, स्याङजा, नवलपुरलगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि