SamwadKhabar logo

समाचार

आजदेखि उपत्यकाबाट बाहिरिने गाडीको यान्त्रिक परीक्षण अनिवार्य

संवाद खबर

संवाद खबर

आजदेखि उपत्यकाबाट बाहिरिने गाडीको यान्त्रिक परीक्षण अनिवार्य
असोज ९, काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटनबट बच्न र यात्रा सफल बनाउने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । नेपालको महान चाड वडादसैंमा काठमाडौं उपत्यकाबाट विभिन्न स्थानका लागि ठुलो संख्यामा मानीहरु बाहिरिने गरेको छ । धेरैजसो यात्रुहरु सर्वजनिक यातायातबाट यात्रा गर्ने भएकाले यात्रुहरुको सुरक्षालाई मध्य नजर गर्दै गृह मन्त्रालयले आज देखि अनिवार्य रुपमा सवारीको यान्त्रिक परिक्षण गर्नुपर्ने व्यवस्था गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ । सरकारले दसैंमा सुरक्षीत यात्राका लागी काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । यसैगरी लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ । दसैंमा काठमाडौं उपत्यकाबाट वर्षेनी लाखौं मनीसहरु गाँउ फर्किने गरेका छन् । कलंकी, नयाँ बसपार्क, कोटेश्वर लगायत स्थानबाट यात्रुहरु बाहिरीने गरेका छन् । यसका लागि यातायात व्यवस्था विभागले असोज १ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि