SamwadKhabar logo

               

खेलकूद

फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

संवाद खबर

संवाद खबर

फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने
प्रारम्भ खबर, असोज ११, काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १४ स्थित फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता एवम् वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । दशै तथा तिहार लगायत साँस्कृतिक पर्वहरुको अवसर पारेर भुमे जागरण युवा क्लब र हाम्रो अभियान समाज सेवा यु्वा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम हुने भएको हो । ‘हाम्रो अभियान सभ्य समाजको पहिचान, हाम्रो अभियान युवा एकताको अभियान ’ भन्ने मूल नारा सहित युवाहरुबीच एकताको तथा भातृत्वको भावना स्थापित गर्ने उद्देश्यले अघिल्लो वर्षाहरुझै यस पटक पनि खेल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिए । मन्थली वडा नंं १४ स्थित फुलासी पोखरीको खेल मैदानमा हुने उक्त प्रतियोगिताको लागि सहभागी हुन नगरभित्रका विभिन्न क्लव, संघसंस्था तथा समूहका खेलप्रमीहरुलाई आह्वान गरेको छ । असोज १६ देखि १८ सम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम, द्धितृय र तितृय हुने खेलाडी समूहलाई क्रमशः रु. ५० हजार, ३० हजार, २० हजार नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा सांत्वना हुने खेलाडीलाई रु। ५ हजार नगद राशी सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । कार्यक्रमलाई सफल पार्न मिहेनती नेपाल कन्स्ट्रक्सन प्रा.लि. र अप्सन कन्स्ट्रक्सन प्रा.लि.को सहयोग रहने भलिबल प्रतियोगितासंगै साँस्कृतिक कार्यक्रममा ख्याती प्राप्त गायकहरु रोज मोक्तान, सन्जिव वाइवा, बैरागी मोक्तान, पासाङ लामा, सुरजचन्द्र घिसिङ, अविरल विराही थिङ र गायिका अञ्जु तामाङ सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…