SamwadKhabar logo

               

विश्व

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

संवाद खबर

संवाद खबर

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
असोज १२, काठमाडौं। अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन्। उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्। गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन्। ट्रडो भ्रमणबारे अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तक्र्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ। नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ। पछिल्लो समय चीनका वरिष्ठ नेताको नेपाल भ्रमणलगतै अमेरिकी उच्च अधिकारीको भ्रमण अर्थपूर्णमा रूपमा हेरिएको छ। उनले नेपाल रहँदा ‘चीन र रुसले फैलाएको मिथ्यापूर्ण सूचनाको कसरी प्रतिवाद गर्नेरु भन्ने विषयलाई प्राथमिकतासाथ विभिन्न व्यक्तिसँग छलफल गर्नेछिन्। ‘नेपालमा एमसीसी परियोजना विषयमा चीनले भ्रमपूर्ण सूचना फैलाएको भन्दै अमेरिकाले आरोप लगाएको थियो। तर, एमसीसी विषयमा चीनलाई जोड्नु गलत हुने भन्दै स्वतन्त्र देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भनी टिप्पणी गरेको थियो। उनले नेपालमा रहँदा रुस र चीनले विश्वमा कसरी भ्रमपूर्ण र मिथ्या सूचना जारी गरिरहेका छन् भन्नेबारे धारणा राख्ने छिन्। यसअघि, गत ३० असारमा नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियान सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताएका थिए।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…