SamwadKhabar logo

समाचार

काभ्रेमा आजदेखि टिपर चलाउन निषेध

संवाद खबर

संवाद खबर

काभ्रेमा आजदेखि टिपर चलाउन निषेध
असोज १४, काभ्रेपलाञ्चोक । दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालनमा निषेध गरेको छ । कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन गर्न निषेध गर्दै अरू सवारीसाधनका लागि टाइम कार्ड लागु गर्ने निर्णय गरेको हो । यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि यही असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारीसाधनका लागि टाइम कार्ड लागु गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनका अनुसार केन्द्रीय राजधानी काठमाडौंबाट दसैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने–आउने यात्रुको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो । दुई राजमार्गमा दैनिक दुई हजार ५०० टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । “अन्य सार्वजनिक सवारीमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागु गरेका हौँ,” पाण्डेले भनिन् । कार्यालयका अनुसार टाइम कार्ड लागु गरिएका रुटमा बीपी राजमार्गअन्तर्गत मंगलटार–भकुण्डे १८ किमि दूरीका लागि ४० मिनेट, भकुन्डेबेँसी–काभ्रेभञ्ज्याङ १३ किमि दूरीका लागि ३५ मिनेट, काभ्रेभन्ज्याङ–भकुन्डेबेँसीका लागि ३५ मिनेट तथा अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमिका लागि ३० मिनेट, पाँचखाल–दोलालघाटका लागि १० किमि दूरीमा २० मिनेट समय निर्धारण गरिएको छ । अरनिको राजमार्गभन्दा बीपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै सवारीको चाप हुने गरेको छ । यसपालि दुवै राजमार्गमा सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहज रूपमा यात्रुलाई आउने–जाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार छलफल गरेका हुन् । छलफलमा सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड–१९ को मापदण्ड पालना गराउन सचेत गराउने समेत निर्णय भएको जनाइएको छ । यस्तै, सार्वजनिक यातायातमा मास्क लगाएका यात्रुलाई मात्र चढाउने, सवारीसाधनमा स्यानिटाइजर अनिवार्य राख्ने, यात्रुलाई सकेसम्म सामाजिक दूरी कायम गर्न सुरुमै जानकारी गराउने, सवारीसाधनको जाँच गरेर मात्र चलाउने तथा त्यसको नियमित अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्ने निर्णय भएको छ । सार्वजनिक सवारीले यात्रुलाई भाडामा अनियमितता गरेमा वा अरू केही समस्या भएमा जिल्लाका नौ स्थानमा स्थापित यात्रु सहायताकक्ष र प्रहरीको हटलाइन नम्बरमा जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि