SamwadKhabar logo

समाचार

ट्राफिक नियम उल्लङ्घन गर्ने १४ सय चालकमाथि कारबाही

संवाद खबर

असोज ३०, काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने १४ सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ। यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन्। काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ। त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ। स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ। नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ। कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गर्नुभएको छ।रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि