SamwadKhabar logo

समाचार

दुई साथी एकै खाडलमा गाडिएको अवस्थामा भेटिए, मोबाइल फेला परेन

संवाद खबर

संवाद खबर

दुई साथी एकै खाडलमा गाडिएको अवस्थामा भेटिए, मोबाइल फेला परेन
असोज ३१, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उनीहरुको हत्या भएको प्रहरीले निस्कर्ष निकालेको हो । हिजो (आइतबार) स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका– ६ का १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा फेला परेको थियो । उनीहरु दुवैजना भदौ २७ गतेदेखि बेपत्ता भएका थिए । बेपत्ता भएपछि शरदको परिवारले भदौ २९ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजीका लागि निवेदन दिएको डीएसपी पुष्पराज मल्लले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए । शव पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ । शव खाडलमा गाडेकाले योजनावद्ध रुपमा हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार मृतक किशोर किशोरीले प्रयोग गर्ने मोबाइल फेला परेको छैन । मोबाइल फेला नपरेकाले घटना योजनावद्ध रुपमै गराइएको हुनसक्ने प्रहरी आशंका छ । मृतक दुवै जना अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए । प्रहरीका अनुसार आचार्य मामाघरमा बसेर पढ्दै आएका थिए । प्रहरीमा खोजीका लागि उजुरी परेपछि खोजतलास गर्ने क्रममा गाडीएको अवस्थामा उनीहरु फेला परेका हुन् । सुरुमा परिवारका सदस्यहरुले प्रेम सम्बन्धमा परेर उनीहरु घरबाट भागेको अनुमान गरेका थिए । “यो हत्या हो भन्ने कुरामा शंका रहेन । तर, किन हत्या भयो भन्ने कुरा अनुसन्धानबाट खुल्ला । मोबाइल नभेटिनुले योजनाबद्ध हत्याकै संकेत गरेको छ,” एक प्रहरी अधिकारीले भने, “हत्यापछि एकै खाडलमा शव राखिएको छ । सुक्ष्म अनुसन्धान गर्दैछौंँ । थप कुरा खुल्दै जाला ।” प्रहरीले नियन्त्रणमा लिएकाहरुको पहिचान खुलाएको छैन । तर, नियन्त्रणमा लिएकाहरु टिपर चालकलगायत भएको बताइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि