SamwadKhabar logo

समाचार

सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु, एकजना गम्भीर

संवाद खबर

कात्तिक १, दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ । अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका वडा नं. १, हामपालकी २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी र शोभाका अंकल २१ वर्षीय नबिन बस्नेत अरिंगालको टोकाइबाट घाइते भएका थिए । उनीहरू घरदेखि करिब एक घण्टा टाढा पर्ने आफ्नै खेतमा धान काट्न गएका थिए । सोमबार बेलुका साढे ५ बजेतिर घरतर्फ फर्किदै गरेका उनीहरू तीनैजनालाई अरिंगालले टोेकेको थियो । उपचारका लागि उनीहरूलाई जिल्लाको श्रीनगरमा रहेको परोपकार हस्पिटलमा लगिएको थियो । गम्भीर अवस्थामा रहेकामध्ये आमाछोरीको उपचार जिल्लामा सम्भव नहुने देखिएपछि थप उपचारका लागि बाँके लैजाने क्रममा छोरी प्राप्तीको सल्यानकै शंखुमलस्थित बाटोमै बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार शोभालाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते शोभाका अंकल बस्नेतको भने जिल्लाको श्रीनगरस्थित परोकपकार हस्पिटलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि