SamwadKhabar logo

               

विश्व

रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोन दिन इरान सहमत

संवाद खबर

संवाद खबर

रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोन दिन इरान सहमत
काीत्तक २, काठमाडौं । रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोनहरू आपूर्ति गर्न इरान सहमत भएको छ । इरानले ‘सर्फेस टु सर्फेस’ क्षेप्यास्त्रहरूसँगै थप ड्रोनहरू रुसलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको वरिष्ठ इरानी अधिकारी तथा कूटनीतिज्ञहरूलाई उदृत गर्दै रोयटर्सले जनाएको हो । यस कदमले अमेरिका र पश्चिमा शक्तिहरूलाई क्रुद्ध बनाउन सक्ने बताइएको छ । अक्टोबर ६ मा इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर इरानको शक्तिशाली रिभोलुसनरी गार्डका दुई जना वरिष्ठ अधिकारी र सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका एक अधिकारीले हतियार डेलिभरीको विषयमा वार्ता गर्न मस्को भ्रमण गर्दा एउटा सम्झौता भएको थियो । रुसीहरूले थप ड्रोन र विशेषगरी फतेह र जोल्फाघर क्षेप्यास्त्र परिवारका सुधारिएको अचूक ब्यालेस्टिक क्षेप्यास्त्रहरू माग गरेको एक इरानी कूटनीतिज्ञले बताएका छन् । एकजना पश्चिमी अधिकारीले इरान र रुसबीच जोल्फाघरलगायत छोटो दूरीका ब्यालेस्टिक मिसाइल उपलब्ध गराउने सम्झौता भएको पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ । रुसले हालैका दिनहरूमा युक्रेनमाथि इरानमा निर्मित ड्रोनको प्रयोग गरी आक्रमण गरेको खबरहरू सार्वजनिक भएका छन् ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…