SamwadKhabar logo

समाचार

बझाङ जीप दुर्घटना : मष्टा गाउँ शोकमा

संवाद खबर

संवाद खबर

बझाङ जीप दुर्घटना : मष्टा गाउँ शोकमा
कात्तिक ३, बझाङ । जीप दुर्घटनामा परेर सातजनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जीप बुधबार दुर्घटनामा परेको हो । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । मष्टा–१, तुफानडाँडामा भएको जीप दुर्घटनामा परेर आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । उनका अनुसार १५ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा–२, खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन् । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चारजनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ । घाइते हुनेमा मष्टा–२ का आठ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, चार वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा–१, साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह छन् । रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि