SamwadKhabar logo

समाचार

काठमाडौँमा उम्मेद्वारको घरमा दिउँसै चोरी, नगदसहित गरगहना लुटेर फरार

संवाद खबर

संवाद खबर

काठमाडौँमा उम्मेद्वारको घरमा दिउँसै चोरी, नगदसहित गरगहना लुटेर फरार
कात्तिक १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा– ८ अत्तरखेलमा एक उम्मेद्वारको घरबाट दिउँसै चोरी भएको छ । मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेद्वार रहेका राजेश विष्टको घरबाट नगद सहित सुन चोरी भएको हो । मंगलबार दिउँसो करिव २ बजेको घरमा कोही नभएको मौकामा ताला फोरेर चोरी भएको विष्टले बताए । आफ्नो चुनावी अभियानसगै शिक्षण क्षेत्रमा लागेका विष्ट बेलुका घर आईपुग्दा चोरी भएको थाहा भएको बताए । चोरी भएको दृश्य देखेसंगै छिमेकी र प्रहरीलाई गुहारेको उनले बताए । भित्री मुख्य ताला फोरेर घरभित्रका कोठाहरुमा पसेर नगद रु. १० लाख र ५ तोला सुन चोरी भएको घरधनी विष्टले जानकारी दिए । उनी आफै प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भइराख्दा आफ्नै घर सुरक्षित राख्न नसकिएकोमा दुःख व्यक्त गर्दै आम टोलबासी र नगरवासीलाई नै आफ्नो घरको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । दिउँसै चोरी पस्नु र लुटपाट जस्ता घटना घटे पनि सरकारी संयन्त्रले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै काठमाडौँ क्षेत्र ३ को स्वतन्त्र उम्मेद्वार समेत रहेको राजेश विष्टले अबको लडाई व्यवस्था बदल्न रहने बताए । शिक्षण र कानुनी क्षेत्रमा सक्रिया विष्टले समाजमा बढेको हिंसा, चोरी जस्ता अपराधिक गतिविधि रोक्न राजनीतिक दल र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए । नगरपालिकामा आफ्नै सुरक्षाकर्मी छन्, नेपाल प्रहरी छन् तर जनताले सुरक्षाको अनुभूति गर्न सकेको छैन त्यसतर्फ सबैले ध्यान पु¥याउनुपर्ने बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि