SamwadKhabar logo

समाचार

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

संवाद खबर

संवाद खबर

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर
कात्तिक १६, सुदूरपश्चिम । बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा। नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए । “कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र र्‍यापिड टेस्ट किटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ,” उनले भने, “त्यसपछि थप परीक्षणका लागि नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइँदा हिजो मात्रै अफ्रिकन स्वाइन फिभरको थप पुष्टि भएको हो ।” यो रोगको सङ्क्रमणपछि सुँगुर तथा बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण भई बथानमा एकसाथ ठूलो सङ्ख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गरेको बताइएको छ । यो रोग खासगरी रोगी बङ्गुर तथा त्यसका पाठापाठी वा मासु, रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलिन सक्ने बताइएको छ । यो रोगविरुद्ध हालसम्म कुनै खोपको उत्पादन नभई प्रभावकारी उपचारको व्यवस्थासमेत नभएको अवस्थामा सङ्क्रमण फैलिएमा एकसाथ ठूलो सङ्ख्यामा बङ्गुर तथा सुँगुर मर्न गई ठूलो क्षति पुग्न सक्ने पशु चिकित्सले बताएका छन् । यो रोग पशुपन्छीबाट मान्छेमा नसर्ने बताइएको छ । पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले बङ्गुर तथा सुँगुरपालन व्यवसायीलाई खोर र फार्ममा जैविक सुरक्षाका विधिको अवलम्बन गर्न, खोरलाई नियमितरूपमा सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिनजस्ता रसायन तथा सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गर्न ध्यान दिनुपर्ने सल्लाह दिएको छ । यसैगरी रोगको शङ्का लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्न, तिनको नमूना प्रयोगशालामा पठाउन र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई नष्ट गर्न, मरेको पशुलाई खाडलमा गाड्नसमेत सल्लाह दिइएको छ । कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा। वसन्तबहादुर सिंह, पशु चिकित्सक डा हेमराज अवस्थीलगायतले रोगको रोकथामका बारेमा प्रकाश पर्नुभएको थियो । कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाका पशु सेवा शाखाका अधिकृत, बङ्गुर तथा सुँगुरपालन व्यवसाय गरिरहेका किसानलगायत सहभागी थिए । विसं २०७८ चैतमा नेपालका केही जिल्लामा देखिएको यो रोग सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक देखिएको हो । एक तथ्याङ्कअनुसार यो रोगका कारण अहिलेसम्म देशका विभिन्न क्षेत्रमा २५ हजारभन्दा बढी बङ्गुर तथा सुँगुर मरेको जनाइएको छ । खासगरी धेरै युवा यो बङ्गुर तथा सुँगुरपालनमा आकर्षित भएर अर्थोपार्जन गरिरहेको अवस्थामा रोग फैलिएमा ठूलो आर्थिक क्षति हुनसक्ने चिकित्सकको भनाइ छ । रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि