SamwadKhabar logo

               

विश्व

कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

संवाद खबर

संवाद खबर

कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने
कात्तिक २२, इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप– २७) को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भइ दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिने कोपको सचिवालयले जनाएको छ । उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसले जलवायुसम्बन्धी विपद् रोक्नका लागि सबैलाई आग्रह गरेका थिए । ‘उच्चस्तरीय सत्र’को पहिलो दिन विभिन्न मुलुकका ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिएका थिए । ‘उच्चस्तरीय सत्र’को अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीको भिडियो सन्देश देखाइने कार्यक्रम छ । कोप– २७ आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो । इजिप्टको शार्म एल(शेखमा यही कात्तिक २० देखि सुरु भएको सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म हुनेछ । ‘उच्चस्तरीय सत्र’पछि विभिन्न विषयका वार्ता र छलफल हुनेछन् । सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ ९कोप(२६० सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्वाकांक्षी परिणामहरू दिने लक्ष्य तथा उद्देश्य छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाह माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिने समेत सम्मेलनको लक्ष्य कोपको सचिवालयले जनाएको छ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यसवर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वाकांक्षी लक्ष्यका कार्य योजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ । साथै, कोप– २७ मा वित्तसम्बन्धी सबै एजेण्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महन्वपूर्ण प्रगति गर्ने, सन्तुलित रूपमा ठोस नतिजा प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानी नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानी तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा छन् । नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा सहभागिता जनाएको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…