SamwadKhabar logo

               

खेलकूद

यू–१५ महिला साफको उपाधि नेपाललाई

संवाद खबर

संवाद खबर

यू–१५ महिला साफको उपाधि नेपाललाई
कात्तिक २५, काठमाडौं । अन्तिम खेलमा शुक्रबार घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । ढाकामा सम्पन्न खेलको अन्तिम मिनेटमा घरेलु टिम बंगलादेशले पाएको पेनाल्टी नेपालकी गोलकिपर सुजता तामाङले बचाएपछि नेपालले उपाधि उचालेको हो । त्यसअघि नेपालले खेलको १४ औँ मिनेटमा सुशिला केसीले गरेको गोलबाट अग्रता बनाएको थियो । तर, ५४ औँ मिनेटमा रुमा अख्तरको गोलमा बंगलादेश खेलमा फर्किएको थियो । जितसँगै डबल राउन्ड रोबिन पद्धतिमा भएको प्रतियोगितामा नेपालले १० अंक जोडेको छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले, दोस्रो खेलमा बंगलादेशलाई १–० ले तेस्रो खेलमा भुटानमाथि पुनः १–० को जित निकालेको थियो । दोस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले चार खेलबाट सात अंक जोड्यो । यस्तै, पुछारको भुटान भने अंकविहीन रह्यो । उपाधिसँगै नेपालकी गोलकिपर सुजाता प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर घोषित भइन् । ‘फेयर प्ले अवार्ड’ बंगलादेशले जित्दा नौ गोलसहित बंगलादेशकै सौरभी अकान्डा प्रिति उच्च गोलकर्ता बनिन् । सौरभी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…