SamwadKhabar logo

समाचार

सीमा विवादले समस्यामा परेका गाउँलेको चुनाव बहिस्कार गर्ने चेतावनी

संवाद खबर

संवाद खबर

सीमा विवादले समस्यामा परेका गाउँलेको चुनाव बहिस्कार गर्ने चेतावनी
अश्मी स्याङतान (कमला) कात्तिक २७, सिन्धुपाल्चोक । देशभर निर्वाचनको लहर चलिरहदा डुम्रे गाउँका माझि समुदाय भने यतिखेर न्यायको भिख माग्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरुले उपभोग गर्दै आएको जमिनको लालपूर्जा पाउनुपर्ने माग राख्दै आज जिल्ला प्रशासन कार्यालय चौतारा, चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला निर्वाचन कार्यालय पुगेका छन् । सिन्धुपाल्चोक र काभ्रेपाल्चोक जिल्लाको सिमानामा सिन्धुमा बस्दै आएका उनीहरु आफ्नो जमिनको क्षेत्रफल र लालपूर्जाबारे नै अनविज्ञ छन् । सम्बन्धित निकाय र राजनीतिक दलहरुले आफ्नो समस्याको बारेमा नबोलेको भन्दै निर्वाचन बहिस्कारको समेत चेतवानी दिएका छन् । सिन्धुपाल्चोक र काभ्रेले आफ्नो क्षेत्र भनेर दाबी गर्दै समस्या उब्जाइरहेको त्यस क्षेत्रमा पुर्खौदेखि बसोबास गर्दै आएका बासिन्दहरु मर्कामा परेका छन् । एउटै परिवारको एक भाइ सिन्धुको बासिन्द र अर्को भाइ काभ्रेको वासिन्द भनी अन्यायपूर्ण तवरले विभाजित गरेको उनिहरुको दुखेसो छ । एउटै सन्तानलाई ठाउँको नामले फरक बनाइदिदा सामाजि , सद्भाव लगायतमा उनिहरुलाई समस्या छ । आइताबार चौतारा आएका उनिहरुले भने “आज हामी गरिव सिमान्तकृत आदिबासि माझि समुदाय थप अन्याय र विभेदमा पर्यौ ।’ ठुलोबाबु माझी भन्छन् – करिब ४५ वर्षदेखि हाम्रो जमिनको क्षेत्रफल कति हो ?लालपुर्जा कस्तो हुन्छ ? थाहा छैन । हजुर बुवाको पालादेखिनै बुबाकाकाको नाममा जग्गा नामसारी हुन सकेको छैन । माझी समुदायका ४० घरपरिवार यो समस्या परेका हुन । डुम्रेबेसिका बासिन्दाहरुलाई आधा – आधा गरी विभाजन गरिदिएका कारण हामि कसैका हुन सकेनौ गुनटे माझि भने । दुखि हुदै उनिहरुले सुनाए “ उसै त पिछडिएका हामी राज्यले नै एकता खण्डित गरिदिएका कारण झनै कम्जोर हुन पुगेका छौ । सम्पतिको रुपमा रहेका सानासाना सुर्कासुर्कि बारीको पनि लालपूर्जा नहुदा गरि खाना पाएनौ । ”  उनिहरुले गत वर्षहरुमा पनि यो समस्या समाधन गर्न अभियानै चलाएका थिए । ठूलोबाबु माझिले निराश हुदै भने हामिले गरेका भुमि फिर्ता अभियान मार्फतका सडक संघर्षबाट पनि निकास आएको देखिएन । उनिहरु माछा मार्ने र बालुवा गिट्टी , ढुङगा संकलन गरी गुजारा चलाउछन\ । उक्त काममा पनि विगत लामो समयदेखि बगर ठेक्का लिने ठेकेदार र नजिकै भएको क्रशर ब्यवसायिको कारण अवरुद्ध भयो । पटक–पटक आफ्नो समस्या सम्बोधनको लागि नगरपालिका धाएपनि सुनुवाई नभएको उनीहरु बताउँछन् । सम्बन्धित निकाय र राजनीतिक दलका उम्मेद्वारले आफ्नो समस्याको सम्बोधन नगरेको भन्दै मंसिर ४ गते हुने निर्वाचन बहिस्कार गर्ने चेतवानी दिएका छन् । आफू बसोबास गर्दै आईरहेको भूमिको कित्ता नापी गराई लालपूर्जा वितरण गर्न सम्बन्धित निकायसंग ध्यानाकर्षण गरेको छ । आफुहरुको समस्या केन्द्रीय सरकारसम्म पुर्याउन निर्वाचन आयोगलाई समेत आग्रह गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि