SamwadKhabar logo

समाचार

यस्ता छन् मेवा खानुका फाइदा र बेफाइदा

संवाद खबर

संवाद खबर

यस्ता छन् मेवा खानुका फाइदा र बेफाइदा
कात्तिक २७, काठमाडौं । मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ । मेवालाई भिटामिन ‘ए’को उपयुक्त स्रोत मानिन्छ । मेवामा भिटामिन ए का साथै भिटामिन सी पनि पाइन्छ । मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ । प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ । फाइदा: कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ । यसले अन्य फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ । अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ । बेफाइदा : गर्भावस्थामा मेवाको सेवन गर्नु हुँदैन । मेवामा लेटेक्स पाइन्छ । जसले पाठेघर साँघुरिने जोखिम हुन्छ । र, गर्भ पतन, प्रसव पीडा र बच्चालाई असहजता हुनसक्ने जोखिम हुन्छ । स्तनपान गराइरहेका महिलालाई पनि मेवाको सेवन नगर्न सुझाव दिने गरिन्छ । अधिक मेवाको सेवन जन्डिसको कारण बन्न सक्छ । नाकमा समस्या भएका, दमका रोगी र स्वास सम्बन्धि समस्या भएका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन । मेवाको अधिक सेवनले पत्थरीको जोखिम पनि रहन्छ । एक वर्षभन्दा कम उमेरका बालकालिकालाई पनि मेवाको सेवन गराउनु हुँदैन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि