SamwadKhabar logo

समाचार

गाउँमा एकैसाथ ११ वटा हात्ती छिरेपछि त्रास

संवाद खबर

संवाद खबर

गाउँमा एकैसाथ ११ वटा हात्ती छिरेपछि त्रास
मङ्सिर २, दमक । केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा भएको छ । एकैसाथ ११ वटा जङ्गली हात्ती स्थानीय जङ्गलबाट गाउँ प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मी र स्थानीयको प्रयासमा जङ्गलतर्फ नै खेदिएको पनि बरालले जानकारी दिनुभएको छ । यसभन्दा अघि दुईचार वटा हात्तीहरू स्थानीय जङ्गल तथा घरगाउँमा देखिए पनि यति धेरै सङ्ख्यामा हात्तीहरू देखेपछि स्थानीयहरू रातभर निदाउन नसकेको वडाध्यक्ष बरालले बताउनुभएको छ । स्थानीय दीपेन्द्र ढुङ्गेलका अनुसार दमकको वडा नं। २ र ३ मा दिनहुँजसो नै हात्ती गाउँमा प्रवेश गर्ने गरेका छन् । यति धेरैको सङ्ख्यामा एकैसाथ हात्ती देखिएको भने यो पहिलो भएको उहाँले जनाउनुभयो । एकैसाथ यी सबै हात्ती गाउँघर पसे भने त धेरै नै नोक्सानी पुर्याउँछन्, उहाँले भन्नुभयो । रातको समयमा हिँडडुल गर्न डराउनुपर्ने अवस्था आएको र अन्य समय पनि बालबालिकालाई विद्यालय तथा बाहिर कतै पठाउन मुस्किल बन्ने गरेको ढुङ्गेलले बताउनुभएको छ । यस क्षेत्रको प्रमुख समस्याको रूपमा नै हात्ती आङ्तक बन्न थालेको छ, वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाले भन्नुभयो । दमक नगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा रातभर बत्तीको व्यवस्थापन गर्नका लागि कोसिस गरिरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताउनुभएको छ । मुख्य सडक तथा जङ्गल क्षेत्रको सडकमा बत्ती बाल्ने तयारी भइरहेको छ, थापाले भन्नुभयो । उज्यालो र मान्छेको चहलपहल देखिएपछि हात्ती गाउँ प्रवेश गर्न डराउने भएकाले बत्ती आवश्यक रहेको जनाइँदै आएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि