SamwadKhabar logo

               

राजनीति

गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए : दिपशिखा

संवाद खबर

संवाद खबर

गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए : दिपशिखा
मङ्सिर ७, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धन दललाई हराएको आरोप लगाएका छन् । देशभर भइरहेको मतगणनाबाट माओवादीले एक सिटमा पनि जित निकाल्न नसकिरहेका बेला नेता सापकोटाले सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् । उनले जनताले दिएको मतको कदर गर्ने समेत बताएका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईंको पुस्तक विमोचनमा भनेका थिए,म कालो कांग्रेस हुँ, हो रहेछ, तपाईं र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो,तपाईंलाई आगामी यात्राको शुभकामना, हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौं, तर यति कुरा दर्ज गरिराख्न पर्ने भएर लेखियो ।’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर उत्साहजनक मत ल्याएको छ । उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४ जना निर्वाचित भइसकेका छन् ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…