SamwadKhabar logo

समाचार

धनगढीमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

संवाद खबर

संवाद खबर

धनगढीमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी
मङसिर १५, धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले २४ घण्टा निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरेको बताए । पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि त्यहाँ लागातार प्रदर्शन भएकाले प्रशासनले अराजक गतिविधि नियन्त्रण गरी नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न निषेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्रभित्र निषेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि मंसिर १६ गते बेलुका ७ बजेसम्म सो निषेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ । धनगढी ५ पञ्चोदय मावि सनपुरको कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा पिचको काम भइरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बिहीबार बिहान साइकलमा स्कुल गइरहेका बेला साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि विद्यार्थीहरुले धनगढीमा बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक र धनगढीको मुख्य सडक पनि अवरुद्ध पारेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि