SamwadKhabar logo

समाचार

छुट्टाछुट्टै सडक दुर्घटनामा परी पाँचकाे मृत्यु

संवाद खबर

संवाद खबर

छुट्टाछुट्टै सडक दुर्घटनामा परी पाँचकाे मृत्यु
मंसिर १९, काठमाडौँ । रूपन्देही, सैनामैना नगरपालिका – २ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका –४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ट्रलीबाट लडेर ट्याक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, रूपन्देही, सिद्धार्थनगर नगरपालिका –३ दरखसवा सिता नर्सरीस्थित सडकमा बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु ८९ प २९८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, रामेछाप, खाँडादेवी गाउँपालिका – ३ भिरपानी हुन्दुरखोलास्थित सडकमा पकरबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.१ ह ५०६९ नम्बरको अटो आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सिन्धुली कमलामाई नगरपालिका – ६ बस्ने ७० वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका अटो चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता, सिरहा, मिर्चैया नगरपालिका १ महादेवास्थित सडकमा प्र ३ ०२०१३ प ८३६४ नम्बरको मोटरसाइकललाई को १ ख ६९८२ नम्बरको ट्याङकरले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी रुपनी गाउँपालिका ३ कटैया बस्ने १४ वर्षीय उज्वल कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलम अस्पताल मिर्चैया हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, जाजरकोट, बारेकोट गाउँपालिका १ काउलीस्थित सडकमा क.प्र.०२००१ त ०२४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका २ ध्यारगाउँ बस्ने १८ वर्षीय राजेश गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि